arrow

कम्युनिष्ट सरकार यो नै अन्तिम हुने – कांग्रेस नेता बिष्ट 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असोज २४ शुक्रबार
diban-singh-bista.jpg

बेल्डाँडी । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पूर्व साँसद दिवान सिंह बिष्टले अर्को चुनावमा नेपाली काँग्रेस देशमै पहिलो पार्टीका रुपमा उदाउने दावी गरे । 

नेपाली काँग्रेस बेल्डाँडी नगर कमिटीद्वारा शुक्रबार आयोजना गरिएको दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका नेता बिष्टले भने ‘कम्युनिष्ट सरकारले देशमा कर वृद्धि र सामाजिक असुरक्षा बाहेक अरु गर्न सकेको छैन । देशमा हत्या, हिंसा र बलात्कारका घटना बढी रहेका छन् सरकार अपराधी समाउन सकिरहेको छैन ।’

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले भने ‘जिल्लाको दक्षिणी क्षेत्रमा नेपाली काँग्रेसको सरकारका पालामा भएका बिकास निर्माणका योजना लाई निरन्तरता समेत दिएको छैन । यहाँका विकास निर्माणका योजनाहरु अहिले ठप्प बनेका छन् । जनताको मत जनप्रतिनिधिहरुले दुरुपयोग गरिरहेका छन् ।’ 

कञ्चनपुरको क्षेत्र नं १ बाट चुनाव जितेर बिना मगर मन्त्री भएपछि विकासका कार्यमा कुनै चासो नदेखाएको भन्दै उनले आपत्ति जनाए  । यस क्षेत्रको माननीय साँसद मन्त्री बनिसक्दा समेत क्षेत्रमा नयाँ कुनै योजना आउन सकेन यो हाम्रो क्षेत्रका जनताको बिडम्बना हो । नेता बिष्टले भने ‘अहिले कम्युनिस्ट सरकारका काम र यिनका आचरणकै कारण कम्युनिस्ट सकिने लक्षण देखिदै छ । जनताले सूक्ष्म रुपमा नियाल्दै छन कम्युनिस्ट सरकार अन्तिम सरकार बन्ने छ ।’

नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हरि बोहरा, कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय, काँग्रेस नेता गोपाल गुरुङ जिल्ला कमिटी सदस्य हरु , महासमिति सदस्य लागायत अन्य नेता कार्यकर्ताको सहभागिता रहको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ