- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोकप फुटबल छनोट अन्तर्गतको खेलमा विश्वकप विजेता फ्रान्स बराबरीमा रोकिएको छ । समूह ‘एच’ को खेलमा फ्रान्स सोमबार राति टर्कीसँग घरेलु मैदानमै १–१ गोलको बराबरीमा रोकिएको हो ।
गोलको खडेरी लागेको खेलमा ७६ औं मिनेटमा ओलिभर जिरूले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेटमै कान यहानले गोल गर्दै टर्कीलाई हारबाट जोगाए ।
त्यसपछि त के चाहियो र । टर्कीका खेलाडीहरुले आर्मी सल्यूट गरिहाले । यो भाग्यवश भएको बराबरी थियो ।
योसंगै समान १९ अंक भए पनि टर्की शीर्ष तथा फ्रान्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको आइसल्याण्डको १५ अंक छ ।