arrow

राजस्व छल्ने एजेण्टलाई १२ लाख जरिवाना

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1009363430.jpeg
पथरी (मोरङ) । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले विराटनगरका दुई भन्सार एजेन्टलाई रु १२ लाख ४५ हजार जरिवाना गरी कारबाही गरेको छ । 

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयका अनुसार हिसाब जाँच गर्दा उनीहरुले राजस्व छलेको पाइएपछि विराटनगरका भन्सार एजेन्ट सञ्जीव भगतलाई रु ११ लाख र सञ्जय दुगडलाई रु एक लाख ४५ हजार जरिवाना गरी कारबाही गरिएको हो । दश दिनअघि भगतले प्रहरीको सुरक्षामा तीन गाडी कपडा र दुगडले विद्युतीय सामान आयात गरेका थिए । 

सुरक्षा दिई सामग्री ल्याउँदै गर्दा दुवै भन्सार एजेन्टले राजस्व छलेको आशङ्कामा मोरङ प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाएको थियो ।  त्यस्तै १५ दिनअघि विराटनगरका भन्सार एजेन्ट पिन्टु साहले राजस्व छलेको पाएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ