arrow

काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार

काठमाडौँमा तीन देशका कलाकारको सहभागितामा आजदेखि कला प्रदर्शनी शुरु भएको छ। नेपाल, भारत र बङ्गलादेशका कलाकारको सहभागितामा शुरु भएको प्रदर्शनीमा विविध विषयका सिर्जनाहरु चार दिनसम्म प्रदर्शन गरिनेछ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले कला प्रदर्शनीले देशदेशबीचको संस्कृतिको आदानप्रदानसँगै आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए।

सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालको समन्वय तथा सर्व–भारतीय सङ्गीत संस्कृति प्रतिष्ठानको आयोजनामा शुरु भएको प्रदर्शनीमा कला संस्कृति, रहनसहन, दृष्यचित्र, ऐतिहासिक र पुरातात्विक क्षेत्रसँगै अमूर्त गरी झण्डै २०० चित्र समावेश भएको सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका सचिव जीवनराज उपाध्यायले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा भारतका ७२, नेपालको १३ र बङ्गलादेशका चार कलाकारका चित्रहरु प्रदर्शनमा छन्। 

कला प्रदर्शनीको उद्घाटनका क्रममा प्राध्यापक डा वंशी श्रेष्ठ, भारतीय राजदूतावासका प्रतिनिधि डा अजय कुमार, सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका अध्यक्ष शङ्करसिंह सुवाललगायतले विभिन्न देशका कलाकारले बनाएका चित्र एकै ठाउँमा राखेर प्रदर्शन गर्दा आपसमा भाइचाराको विकास र कला पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ