arrow

आतंकवादीद्धारा पाँच गैर कश्मीरी मजदूरको गोली हानी हत्या 

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
Kashmir_map.png

काठमाडौं । भारतको जम्मू–कश्मीरमा आतंकवादीले पाँच गैर कश्मीरी मजदूरको गोली हानी हत्या गरेको छ । कश्मीरको कुलगाममा मंगलबार आतंकवादीले अर्को राज्यबाट काम गर्न आएका पाँच मजदूरलाई गोली हानेर मारेको हो । 

एक मजदूर गम्भीर घाइते भएको प्रहरीले बताएको छ । कश्मीर प्रहरीका अनुसार सबै मजदूर पश्चिम बंगालको मुर्शिदाबादबाट कामका लागि आएका थिए । 

कश्मीरमा अझै आतंकवादीको आक्रमण रोकिएको छैन । यसअघि पुलवामामा आतंकवादीले सीआरपीएफ जवानको एक गस्ती टोलीमाथि आक्रमण गरेको थियो । 

आतंकवादीले द्रबगाम इलाकामा रहेको स्कुलमा छात्राका लागि बनाइएको परीक्षा केन्द्रलाई निशाना बनाएको थियो । उक्त घटनामा कसैको ज्यान भने जान पाएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ