arrow

‘क्यार’ चक्रवातको असर नेपालमा अझै, कस्तो छ मौसम 

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अरब सागरको उत्तर–पूर्वी भागमा रहेको ‘क्यार’ चक्रवातको असर अझै रहेको जनाएको छ । यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको भए पनि असर भने रहिरहेको हो । 

क्यारका कारण हाल देशका पश्चिमी तथा मध्य भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वमा आंशिक बदली रहेको छ। 

क्यार नामाकरण गरिएको उक्त चक्रवात अब उत्तर–पश्चिमी दिशा तर्फ (ओमनतर्फ) अगाडि बढिरहेको पनि महाशाखाले जनाएको छ । 

महाशाखाले बुधबार देशको पश्चिमी तथा मध्य भूभागमा र पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ । 

देशका पश्चिमी भूभाग र मध्य तथा पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशैभरि आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। 

महाशाखाले मंगलबार देशका कुनै पनि भूभागमा वर्षा नभएको र त्यसको मापन नभएको जनाएको छ । 

बुधबारको तापक्रम–
महाशाखाले बुधबारको अधिकतम तापक्रम सबैभन्दा बढी ३३ डिग्री सेल्सियस विराटनगरको र सबैभन्दा कम अधिकतम डडेलधुराको २० डिग्री रहने पुर्वानुमान गरेको छ । 

न्यूनतम तापक्रम सबैबन्दा बढी १९.३ भैरहवामा र सबैभन्दा कम जुम्लाको ३ डिग्री रहने पुर्वानुमान पनि गरिएको छ । 

बिहीबार र शुक्रबार पनि देशैको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि कुनै चेतावनी दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ