arrow

प्रिमियर लिगका आठ खेलमा २२ गोल, यस्तो छ परिणाम

चेल्सी शीर्ष तीनमा पुग्दा म्यान्चेस्टर युनाइटेड हार्यो

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति आठ खेल भएका छन् । जसमा २२ गोल भएको छ । चेल्सीले सुधार गर्दा म्यान्चेस्टर युनाइटेड फेरि हार्न पुगेको छ । 

लिभरपुलले पुनरागमन गर्दा म्यान्चेस्टर सिटी पनि विजयी हुन पुगेको छ । ११ औं चरणसम्म आइपुग्दा लिभरपुल शीर्ष स्थानमा पुग्दा म्यान्चेस्टर सिटीले पनि पछ्याइरहेको छ । 

यस्तो छ परिणाम–
बर्नमाउथ १–० म्यान्चेस्टर युनाइटेड
आर्सनल १–१ वुल्भरह्याम्पटन वान्डेरर्स
एस्टन भिल्ला (ट्रेजग्वेड) १–२ लिभरपुल (एन्डी रोबर्टसन र सादियो माने)
ब्राइटन २–० नर्विच सिटी
म्यान्चेस्टर सिटी (सर्जियो अग्युरो र कायल वाकर) २–१ साउथह्याम्पटन 
शेफिल्ड युनाइटेड ३–० बर्नली
वेष्टह्याम २–३ न्युकासल युनाइटेड
वाटफोर्ड १–२ चेल्सी 

अंक तालिका–
लिभरपुल ३१ अंकसहित पहिलो, म्यान्चेस्टर सिटी २५ अंकसहित दोस्रो, चेल्सी २३ अंकसहित तेस्रो, लेस्टर सिटी २० अंकसहित चौथो, आर्सनल १७ अंकसहित पाँचौं, म्यान्चेस्टर युनाइटेड १३ अंकसहित दशौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ