arrow

कुवामा डुबेर पुरुषको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
water-kill.jpg

स्याङ्जा । कुवामा डुबेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
 
गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०-१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए ।

कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ