arrow

सलमानको चलचित्रबाट राहत फतेह अली खान 'आउट'

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
salman-rahat.jpg

काठमाडौं । सलमान खानको फिल्म दबंग बलिउडमा चलेको फ्रान्चाइजी चलचित्र हो। दर्शकहरूले चुल्बुल पाण्डेको भुमिकामा रहेका सलमानको चलचित्रलाई प्रतिक्षा गरिरहेका छन्। यस वर्ष दबंग ३ क्रिसमसको अवसरमा सिनेमा घरहरूमा आउदैछ । अघिल्लो दुबै फिल्महरूमा, सलमानको पुलिस अफिसरको भुमिका रोमान्टिक गीतहरू मन पराइएको थियो।

दबंग फिल्मका गीतहरूले दर्शकको हृदयसम्म पुर्‍याउने श्रेय पाकिस्तानी गायक राहत फतेह अली खानलाई जान्छ, जसले दबंग १ मा 'तेरे मस्त-मस्त दो नैन' र दबंग २ मा 'तोरे नैना दगाबाज रे' गीत गाए। यद्यपि दबंग ३ मा भने दर्शकहरूले राहत फतेह अली खानको आवाज सुन्न पाउने छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, 'सलमान खानले दबंगका लागि राहत फतेह अली खानको 'तोसे नैना लाडे' गीत रेकर्ड गराएका थिए। यस रोमान्टिक गीतलाई संगीत निर्देशक साजिद-वाजिदले पनि मन पराएका थिए। यद्यपि पाकिस्तानसँगको तनावको बीचमा पाकिस्तानी कलाकारहरूलाई उद्योगमा प्रतिबन्ध लगाइयो। राहत पनि पाकिस्तान कै भएका कारण उनि माथि पनि प्रतिबन्ध लाग्यो । त्यसपछि सलमान र सम्पूर्ण टोलीले यही गीत अर्को गायकको आवाजमा रेकर्ड गर्ने निर्णय गरे।

'तोसे नैना लाडे' गीत बिहिबार रिलीज हुदैछ । दर्शकहरु पनि यस गीतको  पर्खाइमा छन्। दवंग ३ फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् । जसमा सलमान खान, सोनाक्षी सिन्हा, साई मांजरेकर र किचा सुदीप मुख्य भूमिकामा छन्।

दबंग ३ डिसेम्बर २० मा रिलीज हुदैछ ।  दबंग खानको आगामी फिल्मको बारेमा कुरा गर्दै, सलमानले भर्खरै घोषणा गरे कि उनी अर्को वर्ष ईदको अवसरमा फिल्म राधेको साथ दर्शकहरूको अगाडि देखा पर्नेछन् ।

जसमा सलमानसँग दिशा पाटनी देखा पर्नेछिन्। भर्खरै यस फिल्मको शूटिंग सुरु भएको छ। प्रभुदेवाले नै यो फिल्मको पनि निर्देशन गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ