arrow

उपनिर्वाचनमा सकारात्मक परिणाम ल्याउन मन्त्रीहरु फेर्ने योजनामा प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
ncp-sachibalaya1.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदका अधिकांश सदस्यको कामकार्वाही सन्तोषजनक हुन नसकेपछि ओलीले उपनिर्वाचनलाई ध्यानमा राखेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बुझिएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले सरकारको काम कार्वाहीबाट आफू नै सन्तुष्ट हुन नसकेपछि आफ्ना सहयोगी र सल्लाहकार फेर्ने निर्णय गरिसकेको बाहिर आएको छ । 

अब औसतभन्दा कम काम गर्ने मन्त्रीहरुलाई समेत फेर्ने निर्णयमा पुगेको ओली निकट स्रोतले बताएको छ । उनका अनुसार अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसंग पनि निरन्तर सल्लाह लिइरहेका छन् । 

प्रचण्डकै सल्लाहमा नेकपाको सचिवालय बैठक सोमबार बिहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै गरेको बैठकमा मन्त्रिपरिषद पुर्नगठनका बारेमा छलफल हुने बताइएको छ ।

सरकार गठन भएको २० महिनापछि ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि सचिवालयमा छलफल थालेका हुन् । 

जनता असन्तुष्ट भएको मन्त्रालयका मन्त्रीलाई फेरेर मंसिर १४ गतेको उपनिर्वाचनमा फेरि उत्कृष्ट नतिजा ल्याउनका लागि ओलीले रणनीति बनाएको बुझिन्छ । स्रोतका अनुसार ओलीले मंसिर १४ अगाडि नै केही मन्त्री फेर्दैछन् । 

यसपटक उनले पार्टी सचिवालयमार्फत नै सल्लाह र सुझाव लिएर अगाडि बढ्न खोजेको देखिन्छ । ताकि चुनावमा भोट क्रस नहोस् । 

विभिन्न सुभेच्छुक संस्थाहरुमा झण्डै दुई तिहाई सरकारको नेतृत्व गरेको नेकपा समर्थकहरु पराजित हुन पुगेपछि ओलीले सुझबुझ अपनाएको विश्लेषण गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ