arrow

केरुङमा दुर्घटना परेका मजदुरको उपचारमा चिनियाँ कम्पनीको लापर्वाही

बिमा नहुदाँ सयौँ नेपाली मजदुर चीनको केरुङमा असुरक्षित

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
yarbu.jpg

काठमाडौं। रसुवा नौकुण्ड गाँउपालिका स्यार्युउका सामान्य परिवारका योनुर्बु नेगी बिगत १९ दिनदेखि ट्रमा सेन्टरको बेड न ४१० मा उपचाररत छन् । केरुङमा चिनियाँको घर बनाउदाँ बनाउदै लिफ्टको डोरी चुडिएर दुबै खुट्टाका बिभिन्न ठाँउमा भाँचिएका नेगीको उपचार नगराई नेपाल फर्काएपछि उनी अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा आइपुगेका हुन् ।

गत कार्तिक १३ गते काम गर्दै गर्दा लिफ्टबाट झरेर गम्भिर घाइते भएका नेगीको एउटा खुट्टाको अप्रेशन हालै भइसकेको छ। अर्को खुट्टाको पनि अप्रेशन गर्नुपर्ने डाक्टरले बताएका छन् । अहिलेसम्म त जेनतेन खर्चले धानेको छ । तर अव थप उपचार गर्न कहाँबाट रकम जुटाउने भन्नेमा नेगीको परिवार चिन्तित छन् । चिनियाँ ठेकेदारले लिफ्टबाट झरेका नेगीलाई उपचार गर्नुको साटो केही रकम दिएर नेपाल फर्काएपछि सम्पर्कमा आएका छैनन् । उनी भन्छन् उनीहरुले दिएको रकम त्यहाको ६ हजार अर्थात करिव नेपाली ९६ हजार रुपैयाँ उपचार थालेको केही दिनमा नै  सकियो । अव थप उपचार गर्न पैसाको अभाव छ ।      

नेगीजस्तै रसुवाका स्थानीयहरु बर्षेनी सयौंको संख्यामा पास बनाएर काम गर्न चीनको केरुङ जाने गर्दछन् । त्यहाँ पुग्ने नेपालीहरु दुर्घटना परे भने उपचार गर्नुको साटो चिनियाँ ठेकेदारहरु केही रकम दिएर पन्छिने, नेपाल फर्काउने गरेको उनीहरुको गुनासो रहेको छ ।

काम गर्नको लागि एकसय रुपैयाँ तिरेर पास बनाएपछि चीन जान मिल्ने उनले बताए । कामदारको बिमा हुने या नहुनेबारेमा थाहा नभएको उनको भनाई छ । यसरी चीन जाने मजदुरहरुको काम गरे बापत चिनियाँ कम्पनीले बिमा नगरिदिदाँ काम गर्न जान निकै जोखिमपूर्ण हुने स्वयं स्थानीयहरु बताउँछन्।

तर रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भने स्थानीय सरकारको कानून अनुसार उपचारको लागि क्षतिपूर्ति भराउन सकिने बताए । घाइतेहरु अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन् । आउनुभयो भने सहयोग गर्न सकिने उनको भनाई रहेको छ । प्रजिअ भण्डारीका अनुसार स्थानीयलाई चीनको केरुङ जानको लागि १ बर्षको पास उपलब्ध हुने बताए। यस्तो पास बनाएका १० हजार ८ सय स्थानीयहरु मध्ये आधा जति होटल, श्रमिक तथा बिभिन्न पेशामा केरुङमा काम गरिरहेकाहरु हुन सक्ने प्रजिअ भण्डारीले बताए ।
   
ट्रमा सेन्टरमा उनको उपचारमा खटिएका उनका भान्जा सुदिप घलेले भने थप उपचार गर्न पैसा नभएकोले अर्को खुट्टाको अप्रेशन गर्न अप्ठ्यारो परेको बताए । साथै अस्पतालमा समेत कति दिन बस्नु पर्ने थाहा नभएको उनले बताए । पैसा कम हुँदा लामो समय पर्खिएपछि बल्ल उपचार हुन थालेको बिरामीकी बिहनी अनिमा नेगीले बताइन । थप उपचार गर्न भने पैसाको अभाव रहेको उनको भनाइ छ।

आफ्नो देशमा घाइते भएर फर्काइएका नेगी जस्ता ब्यक्तिहरुको बारेमा चीन सरकारको तर्फबाट पनि कुनै वाध्यकारी व्यवस्था नहुँदा अहिले पनि धेरै पिडित बनिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ