arrow

‘श्रीलंकामा नयाँ राष्ट्रपतिको आगमनसँगै चीन उत्साहित’

ऋणको पासोको प्रभाव देखिन सक्ने

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
rajapaksa-gtotabaya-srilanka.jpg

एजेन्सी। श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा श्रीलंका पोदुजना पेरमुना (एसएलपीपी) पार्टीका गोतबया राजपाक्षे निर्वाचित भएका छन्। उनी पुर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ हुन्। उनको आगमनसँगै चीन उत्साहित भएको चीन तथा श्रीलंका सम्वन्धका जानकारहरुले बताएका छन्।

महिन्द्रा राजपाक्षेले राष्ट्रपति हुँदा चीनसँगको निकट सम्बन्ध बनाएका थिए। त्यसपछि चीनले श्रीलंकामा ठुलो लगानी गरेको थियो। नयाँ राष्ट्रपति पनि चीनतिर ढल्किने संभावना विश्लेषकहरुको छ । गोतबयाले बिदेश सम्बन्धमा सन्तुलित हुने कुरा राखिसकेका छन् तर पनि श्रीलंकाले चीनसँग लिएको ऋणका कारण पनि चीनले सजिलै खेलाउन सक्ने विश्लेषकहरुको भनाई रहेको छ।

सन् २००९मा सकिएको गृहयुद्धमा तमिल बिरुद्ध युद्ध अपराधको आरोप लागेका गोतबयाले उक्त आरोप अस्विकार गरिरहेका छन्। तर श्रीलंकामा उनको उदय पछि अल्पसंख्यक, नागरिक समाज र मिडियामा त्रास शुरु भएको राजनैतिक विश्लेषकहरुले बताएका छन्। उनले तमिल बिरुद्ध कडा रवैया अपनाएको आरोप रहेको छ।

उनले बिदेश नितीमा सन्तुलित हुने भनिए पनि श्रीलंकाले महिन्द्रा राजपाक्षे प्रधानमन्त्री हुँदा करिब ७ अरब अमेरिकी डलर ऋण लिएका थिए। उनले लिएका ऋणबाट बनेका अधिकांश परियोजनाहरु सेतो हात्ती भएको बारम्बार समाचारमा आईरहेका छन्।

महिन्द्राको पालामा बनाईएको एक अन्तराष्ट्रीय बिमानस्थल प्रयोगमा आउन सकिरहेको छैन। उक्त बिमानस्थल २१ करोड अमेरिकी डलरमा बनाईएको थियो। सन् २०१६मा सुरक्षाकर्मीहरुले हात्ती, हरिण र अर्ना लखेटेर बस्नु परेको थियो।

चीनको ऋणमा ३५ हजार क्षमताको क्रिकेट स्टेडियम पनि बनाईएको छ जुन मैदानले खासै क्रिकेट खेल संचालन गरिएको छैन।

चीनले दिएको ऋणमा केही रकम बेल्ट एन्ड रोड ईनिसिएटिव (बिआरआई)का लागि पनि राखिएको छ। पश्चिमा मुलुकहरुले बिआरआईको बिरोध गरिरहेका छन्।

सन् २००९मा करिव ४० हजार नागरिकको हत्या गरिएको र मानव अधिकारको उल्लंघन गरेको आरोप महिन्द्रा राजपाक्षे माथि लागेको छ । उक्त समयमा गोतबया गृह सचिव रहेका थिए। चीनले अन्तराष्ट्रीय क्षेत्रमा मानवअधिकार हननको कुराको बचाउ गर्ने र श्रीलंकाले चीनसँग ऋण लिने साथै चीनले श्रीलंकाको बिकास निर्माणमा पनि सहयोग गर्ने समझदारी भएपछिको घट्नाक्रम रहेको विश्लेषक पाईकियासोथी सर्वनामुतुले अन्तराष्टर्य मिडियालाई बताएका छन्।

दक्षिण श्रीलंकामा बनेको हम्बनटोटा बन्दरगाहामा ऋणमा परेको श्रीलंकाले चीनलाई ९९ बर्षका लागि भाडामा दिन वाध्य भएको सन् २०१७मा हो। उक्त बन्दरगाहा निर्माणका लगि १ अरब ४० करोड डलर ऋण लागे पछि चीनलाई हस्तान्तरण गरिएको थियो।

श्रीलंकामा निर्मित ३ सय ५० मिटर अग्लो ‘लोटस टावर’ पनि भ्रष्टाचारको भुमरीमा फसेको छ। उक्त टावर बनाउने चिनियाँ कम्पनी १ करोड ८० लाख डलर लिएर भागेको निवर्तमान राष्ट्रपति माईथरिपला सिरिसेनाले एएफपीलाई बताएका छन्।

सन् २०१५मा महिन्द्रा राजपाक्षे सत्ताबाट बाहिरिए पछिका सरकारहरुले परियोजना पुरा गर्न अन्यत्रबाट जोहो गरेर काम चलाएका थिए। श्रीलंकाले अमेरिकासँग सैनिक सहयोगको कुरा पनि अघि बढाएको थियो। साथै व्यवसायीक जिल्लाको अवधारणामा पनि काम भैरहेको अवस्थामा राजपाक्षेको उदयले सबै फेरि चीनतिर जाने शंका शुरु भएको छ।

ऋणका लागि विश्व बैंक र एशीयाली बिकाश बैंकहरु पनि रहेकोमा चीनसँग तत्कालै राजपाक्षे टाढा हुन सक्दैनन्। श्रीलंकामा चीनको ठूलो लगानी रहेको कारणले पनि राजपाक्षेका लागि त्यती सजिलो छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ