arrow

गौरीगन्ज सिमामा भारतविरुद्ध नाराबाजी

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
nc-student.jpg

झापा । नेपाल भारत सीमावर्ती झापाको गौरीगन्ज सिमामा भारतविरुद्द नाराबाजी गर्दै विरोध प्रदर्शन भएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघले भारत विरुद्द बिहिबार प्रदर्शन गरेको हो ।

गौरादह बहुमुखी क्याम्पसबाट राष्ट्रिय झण्डा र व्यानर सहित निस्केका बिद्यार्थीले झन्डै १५ किलोमिटर टाढा सीमामा पुगेर विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले हाम्रो भुमि हाम्रो देश प्राण भन्दा प्यारो छ , सिमा मिच्न पाईदैन , लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ता हाम्रो हो, ‘गो व्याक इन्डिया’ लगायतका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।

सिमानामा विद्यार्थीले भारत विरुद्द प्रदर्शन गरिरहदा दशगजा पारिपट्टी रहेका भारतीय सिमा सुरक्षाबल ( एसएसबी ) ले प्रदर्शनको तस्बिर र भिडियो कैद गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीले भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको भुभालाई समेट्नु अन्तराष्ट्रिय कानुन विपरित भएको भन्दै त्यसको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने बताए । उनले सिमा विवाद समाधानका लागि नेपाल सरकारले कुटनैतिक पहल चाल्नु पर्ने बताए ।

विरोध र्यालीको नेतृत्व समेत गरेका नेविसंघ नेता महेन्द्र भट्टराईले भारतको मिचाहा प्रवृत्तिको डटेर सामना गर्ने बताए । बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाले बचाएको देश भन्दै उनले यदि भारतले नक्सा नसच्चाए देशभक्त नागरिक आफ्नो भुमि रक्षाका लागि जुनसुकै कदम चाल्न पनि तयार हुनेपर्ने बताए । उनले पार्टीगत स्वार्थ त्यागेर सम्पुर्ण नेतालाई एकजुट हुन समेत आग्रह गरे ।

कोणसभालाई कमल गाउपालिकाका नेविसंघ सभापति जितेन साम्पांग, गौरिगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरिया, गौरादह कृषि क्याम्पसका नेविसंघ ईकाई सभापति कुशल लामिछाने लागायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन नेविसंघ गौरादह नगर सभापति बाबुराम नेपालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ