arrow

टुटल, पठाओको पीडाको कथा

हाम्रो गल्ती के छ?

logo
शुरेस गिरी,
प्रकाशित २०७६ मंसिर ९ सोमबार
suresh-giri-japan.jpg

एकादेशमा नेपाल भन्ने देश थियो। यो देश अति सुन्दर तथा शान्त थियो। यहाँ बस्ने सबै मानिसहरु सुखी र एक अर्काप्रति इमान्दार थिए । तर कालान्तरमा यो देशमा यस्ता टाठा बाठा र आफुले मात्रै जान्ने सुन्ने भन्ने मान्छेहरु निस्किए । अनि यो सुन्दर शान्त देशलाई बिस्तारै हत्या, हिंसातिर धकेल्दै अशान्त बनाउँदै आफ्नो स्वार्थ अनुसार चलाउन सुरु गरेकै वद्नाम कालखण्डको चरम बिन्दुमा पुगेकै बेला म जन्मिएको रे । 

हाम्रा जन्मदातालाई हामीलाई जन्माउनु पर्छ भन्ने विचार पनि छिमेकीले दाल, चामल, पेट्रोल, डिजेल बन्द गरे पछि आएको रे । मलाई यो धर्तीमा अवतरण गराउनेहरु अलि बढी नै यो देशका सोझा साझा नागरिकलाई सुबिधा दिनुपर्छ भन्ने सोच राख्नेहरु हुन् रे । सुरु सुरुमा त मेरो नाम नै मान्छेहरुले सजिलै बुझेनन् रे । नाम पनि अलि अप्ठ्यारो नै राखेछन टुटल । म जन्मिएको केही बर्ष पछि मेरो सानो भाइको पनि जन्म भयो तेस्को नाम पनि गज्जबकै दिए पठाओ । यो पठाओको त जन्ममा नै बिदेशी लगानी छ भन्ने सुनेको छु तर पनि यसले कहिले घमण्ड गरेको, देखेको र सुनेको छैन । आफ्नो काम इमान्दारिपुर्वक नै गरेको छ । 

माथिका प्रसङग मेरो र मेरो भाइको जन्मकुण्डलीको थियो । अब हाम्रो कामको बारेमा तपाईहरुलाई भन्छु । हाम्रो मुख्य काम भनेको दुई पांग्रे सवारी साधनमा राखेर एक ठाउँका मानिसलाई अर्को ठाउँमा लगेर छोड्ने हो । यसरी छोडे वापत सस्तो दरमा सेवा शुल्क लिने हो। यो भन्दा अरु हामीहरुको केही काम छैन । यो काम गर्दा हामीले काठमाडौँ भित्र हाराहारी दुई हजारलाइ रोजगारी पनि दिएका छौ । 

छिटो पुग्नु पर्ने महँगो ट्याक्सी भाडा तिर्न नसक्नेहरुको लागि एकहिसाबले हामी बरदान नै साबित भएका थियौं । कलेज पढ्ने अफिसबाट फर्कने तर केही भए पनि कमाइ गर्न चाहनेहरुको लागि हामी सारथी पनि भएका थियौं। तर अचानक एक दिन हामी माथि बज्रपात भयो । हामीले जे गरिरहेका छौ त्यो सबै गैरकानुनी हो रे भनेर हामी माथि सरकारी डण्डा वजाइयो । हामीले हाम्रो दुई पांग्रेको पछाडीको खाली सिटलाइ खाली नै राख्नु पर्छ रे । त्यहि भन्दै हाम्रा केही साथीहरुलाई खोरमा लगेर पनि राखिएको छ । तपाईहरु नै भन्नुस हामीले के गल्ति गर्यौ । 

हामीले भने अहिलेसम्म बुझ्न सकेको छैन । तर दुई चार जना मान्छेको मुखबाट सुनेको हाम्रो सबैभन्दा ठूलो गल्ति भनेको यहाँ पहिलादेखि काम गरिरहेकाहरुको व्यापार खोस्यौ रे । अनि कानुनमा पनि हामीले सेवा दिन नपाउने भन्ने छ रे । यो कस्तो कानुन हो जसले सर्वसाधारणलाई सस्तो र सजिलो सेवा सुबिधा दिन पनि नपाउने ? अझ अर्को अचम्म लाग्ने कुरा पनि सुनेका छौ । 

हाम्रो कारणले गर्दा कलेज पढ्ने केटाकेटीलाई डेटिङ्ग गर्न सजिलो भयो रे । घर अगाडीनै छोरीलाई प्रेमीले छोड्दा छोरीले कहिले टुटल कहिले पठाओ भनेर झुक्याई रे । यस्मा हाम्रो के गल्ति छ र ? हो कि हैन तपाइ नै भन्नुस त । आफ्नो थैलीको मुख राम्रोसँग नबाध्ने अनि हामीलाई दोष दिन मिल्छ ? केही विवेकीहरुले हामी पनि चाहिन्छ भन्ने कुरा गरेका छन् रे । यदि फेरी पनि हामीलाई सेवा गर्ने मौका दिइयो भने तपाईहरुको सेवामा हाजिर हुने वाचा सहित अहिलेलाई विदा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ