arrow

सागको भलिबल प्रतियोगिता डिसहोमबाट हेर्न सकिने

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
sag-vollyball.jpg

काठमाडौं। नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेल डिश होममा हेर्न सकिने बताइएको छ। १३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोमको एक्सन स्पोर्टस च्यानल नं. १०५ र ९९१ मा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल बिरुद्ध बाङ्गलदेशको महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे प्रसारण भइसकेको छ, भने नेपाल बिरुद्ध बाङ्गलदेश को पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदै छ।

नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापना काल देखि नै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शक माझ पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ