arrow

इतिहास रच्ने दाउमा उम्मेदवार राई, आशिर्वाद लिदै मत माग्दै

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
tilak.jpg

चतरा । धरानमा मंसिर १४ गते हुने उपनिर्वाचको मौन अवधी सुरु हुने अघिलो दिन नेपाली कांग्रेसका उम्मेदवार तिलक राई प्रति धराने जनताको जनलहरमा कुनै कमि आएको छैन । करिब १ महिनादेखि निरन्तर धराने जनताको भाग्य र भबिष्यलाई सुन्दर अक्षरले कोर्न जनमत दिनु भन्दै ब्यस्त रहेका तिलक राई बुधबार धरानको वडा नं २ र ३ का टोलमा पुगेर आशिर्वाद लिएको  वडा नं २ का बुथ सभापति सुधिरसिह लिम्बूले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरला, संसद चन्द्र प्रसाद श्रेष्ठ, नेता  सन्तोष उपेत्ती लगाएत नेताको साथमा घरदैलोमा हिंडेका मेयरको उम्मेद्बार तिलक राईको मत माग्ने शैली देखेर धरान ती दुईवडाका सिंहदेबी चौक, देशिलाइन, गिता मन्दिर लाइन, निकेतन गल्लि, माछा भौडी, सदन स्कुल लाइन , सब्जि बजार , चिनिया चौक  बासिहरु चाख मानेर हेरिरहेका थिए । राईले देशिलाइनकी ९० बर्षिय बयोबृद्ध नन्ददेबी अर्यालबाट समेत आशिर्वाद अग्रह गरेका थिए । राईले सोही दिन बिहान धरान १७ को पटनाली पुगेर जनताहरुको समस्या टिपोट समेत  गरेका थिए ।

प्रदेश १ को मात्र नभएर आधुनिक नेपाल र सभ्यताको अभियन्ता शहरको रुपमा चिनिएको धरान  पछिल्लो समय भने साख कम हुँदै गएको र त्यको प्रमुख कारक धरानको नेतृत्व गर्ने कम्युनिष्ट साथीहरु रहेको र अब धराने जनताले बिकल्पमा कांग्रेसलाई मत दिएर धरानको साख पुनः फर्काउनु पर्ने धरानका कांग्रेस नेताहरुले मतदाताहरुलाई बताउदै मत मागि रहेका छन ।

धरानमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापना गराएर बिकासको खाका प्रस्तुत गरेको कांग्रेसलाई धराने जनताले गुण तिर्नु पर्ने भन्दै स्थानीय कार्यकर्ताले मत मागिरहेका छन । यहि निर्वाचन मार्फत धराने जनता आफ्नो भाग्य र भविष्यको फैसला गर्दैछन । धरानको इतिहासमा आजसम्मका नगर, केन्द्र  निर्वाचनमा कांग्रेसले आफ्नो जित दर्ता गर्न सकेको छैन तर आशन्न निर्वाचनमा कांग्रेसले जित दर्ता गरेर इतिहास बनाउने भन्दै धरानमा कांग्रेसीहरु सक्रिय हुँदै आएका छन ।

धरानका रैथाने तिलक राई मजदुर पृष्ठभुमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई नेपाली काँग्रेस किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष समेत भए । लामो समय सम्म धरानको नेतृत्व गरेर पनि धरानलाई यथास्थितिमै राखेको आरोप लागेको सत्तारुढ नेकपाले तत्कालिन एमाले र माओवादी केन्द्रको एकता भए पनि जनताको उत्साह देखेर उनी जित्ने कुरामा ढुक्क देखिन्छन । चुनाव जिते लगतै पहिलो बैठकबाटै कर घटाएर भष्ट्राचारको अन्त्य गरि धरानलाई समृद्ध सहर बनाउने एजेन्डा रहेको उनी बताउछन ।

देशभर कम्युनिष्ट सरकारले मच्चाएको बेथिति  अन्त्य गरी शान्त, सभ्य र सुशासनमैत्री शहर बनाउने , शिक्षा , स्वास्थ्य, खेलकुद, युवाकालागी रोजगार, सडक, भौतिक पुर्वाधार, खानेपानी, बिकाशका पुर्वधारको निर्माण गरि धरानलाई समृद्धिको दिशामा लैजाने एजेन्डा कांग्रेसले उनको तर्क छ । मंसिर १४ गते हुने  उपनिर्वाचनमा करिब ३१ महिनाका लागि कार्यकारी मेयर चयन हुने भएकाले बिजयी पश्चात यसलाई हामीले चुनौती र अवसर दुबैको लिएकाले कांग्रेस धरानवासीको सुख दुःखको सारथि हुन तयार रहेको बताउदै उनले निर्वाचित भए पछि उपमहानगरपालिकाबाट पाउने सेवा सुबिधा समेत नलिने घोषणा उनले गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ