arrow

नेकपाबाट कुटिए वडाध्यक्षका उम्मेदवार, तरुण दलद्वारा कारवाहीको माग

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
bhatta2.jpg

काठमाडौं । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ४ मा उप निर्वाचन प्रचारप्रसारबाट घर फर्कने क्रममा रहेका नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र प्रसाद भट्ट लगायत कार्यकर्ता माथि गरिएको सुनियोजित आक्रमणको तरुण दल बैतडीले गम्भिर ध्यानाकर्षण जनाएको छ । तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् ।

वडाध्यक्ष पदका उम्मेदवार भट्टमाथि दोगडाकेदार –४, मटेला भन्ने ठाँउमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रमानन्द भट्ट, धर्मेन्द्र कपाडी, महानन्द जोशी, मोहन कार्की, धिरज भट्टसमेत १५ जनाको समूहले सुनियोजित रुपमा आक्रमण गरेका थिए ।

 'आफै कुटपिट गर्ने अनि तरुणदलका अध्यक्षले सामाजिक सञ्जालमा घट्ना सम्प्रेषण गर्दा  उल्टै आरोप लगाएर मतदाता तथा आमजनतालाई भ्रममा राख्न हतारोमा प्रेस विज्ञप्ती जारी गरी नेकपाका मित्रहरुले कु–संस्कारको  राजनीतिक चरित्र देखाएको छ ' विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष महेश भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' शक्तिको आडमा अहंकारी, गुण्डागर्दी शैलीमा ज्यान मार्ने उद्देश्यले  उम्मेदवार माथि आक्रमण गरी  निर्वाचन आचारसंहिता र लोकतन्त्रको समेत धज्जी उडाएको छ । पराजित मानसिकताबाट ग्रसित भएर समय–समयमा मतदाताहरुलाई धम्काउने, डराउने र आसत्रासको वातावरण सिर्जना गर्ने काम नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरुबाट भइरहेको छ । '

घट्नाको निष्पक्ष रुपमा छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न नेपाल तरुण दल बैतडीले  माग गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ