arrow

सरकारमा टासिरहदाँ एकीकरण भाँडियो, उपेन्द्र यादवसँग राजेन्द्र महतो रुष्ट 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ मंसिर १६ सोमबार
upendra-yadav.jpg

काठमाडौं। समाजवादी पार्टीले सरकार नछाडेपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच हुनै लागेको एकीकरण भाँडिएको छ। यस घटना पछि समाजवादी पार्टी र राजपावीच दुरी बढ्दै गएको छ भने समाजवादी र राजपाका नेताहरु औपचारिक अनौपारिक वार्ता कुराकानी पनि हुन छाडेको छ। मन्त्रीमण्डल पुनगर्ठन पछि पनि समाजवादी पार्टीले सरकार नछाडे पछि राजपाका नेताहरु समाजवादी पार्टीसँग झस्किएका हुन्।

मन्त्रिमण्डल पुनगर्ठन पछि समाजवादी पार्टीले तत्काल सरकार छाड्ने अनुमान राजपाका नेताहरुले गरेका थिए। त्यो अनुमान पनि फेल खाएको छ। यसअघि कात्तिक २८,२९ र ३० गते बस्ने समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकबाट समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्ने विश्वास राजपाका नेताहरुले गरेका थिए। त्यतीखेर पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाका नेताहरुलाई चक्मा दिए।

केन्द्रीय समितिको बैठक पछि पदाधिकारीको बैठक बस्ने र पदाधिकारी बैठकले सरकार छाड्ने नछाड्ने टुंगो लगाउने भन्दै समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक टुंग्याइयो। तर केन्द्रीय समितिको बैठक पछि अहिलेसम्म पदाधिकारी बैठक बस्न सकेको छैन। तत्काल पदाधिकारी बैठक बस्ने सम्भावना पनि छैन। ‘समाजवादी पार्टीले सरकार नछाडे पछि समाजवादी पार्टी र राजपावीच एकीकरण प्रक्रिया तत्काललाई स्थगित भएको छ।

हामी प्रष्ट छौ, समाजवादी पार्टीले सरकार नछाडेसम्म एककीकरण प्रक्रिया अघि बढ्न सक्दैन।’ राजपाका महासचिव राजीब झाले भने, ‘उहाँहरु (समाजवादी पार्टीका नेताहरु) संविधान संशोधनलाई देखाएर संरकार छाड्न चाहनुहुन्न। जब कि, यो सरकार संविधान संशोधन गर्दैन भन्ने प्रष्ट देखिएको छ।’ संविधान संशोधन गर्नकोलागि दवाब दिन समाजावादी पार्टी सरकार छाडेर आन्दोलनमा जानु बाहेक अर्को बिकल्प नै नभएको उनको विश्लेषण छ। ‘के सरकारमा बसेर संविधान संशोधन हुन्छ ? त्यो सम्भव छैन। त्यसैले संविधान संशोधनको लागि सरकार छाडेर आन्दोलनमा जानु बाहेक अर्को बाटो नै छैन।’ उनले भने।

स्रोतका अनुसार समाजवादी पार्टीले सरकार नछाडे पछि समाजवादी पार्टीसँग एकीकरणको अगुवाइ गरिरहेका राजपाका नेताहरु समाजवादी पार्टीका अध्यक्षसँग रुष्ट छन्। पार्टी एकीकरणकोलागि राजपाबाट राजेन्द्र महतोले अगुवाइ गरेका थिए। तर अहिले स्वयम महतो नै पनि यादवसँग दिक्क भएका छन,– महतो निकट स्रोतले भने। स्रोतका अनुसार, अब राजपाका नेताहरुको बुझाइ छ,‘ अब उपेन्द्र यादवले सरकार छाड्दैनन। उनको पहिलो प्राथमिकता सरकार रहेको छ। राजपासँगको एकीकरण हो दोश्रो प्राथमिकतामा पर्छ।

समाजवादी पार्टी र राजपावीच एककिरण भाँडिए पछि राजपाका अध्यक्ष मण्डलका द्वय राजकिशोर यादव र अनिल झा भने खुशी भएका छन्। यी दुइ नेताहरु सुरु देखि नै समाजवादी पार्टीसँगको एकीकरणलाई प्राथमिकता दिनहुदैन भन्ने अडान राख्दै आएका थिए। यसअघि, समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने विषयमा राजपाका अध्यक्ष मण्डल दुइ धारमा विभाजित भएका थिए।

अध्यक्ष मण्डलका ६ सदस्यमध्ये महतो, महेन्द्र यादव र शरतसिहं भण्डारीले समाजवादी पार्टीसँग तत्काल एकीकरण गर्नु पर्छ भन्ने लाइनमा थिए भने राजकिशोर र झा एकीकरण भन्दा महाधिवेशनलाई प्राथमिकता दिनु पर्छ भन्ने लाइनमा  थिए। ’महन्थ ठाकुर भने वीचमा उभिएका थिए। समाजवादी पार्टीसँग एकीकरण गर्न राजपाले गत कात्तिक मसान्तमा गर्ने भनिएको महाधिवेशन समेत स्थगित गरेको थियो।

‘तर न महाधिवेशन भयो। न एकीकरण भयो–राजपाका एक पदाधिकारीले गुनासो पोखे। समाजवादीसँग एकीकण प्रक्रिया भाँडिए पछि राजपाका नेताहरु अहिले महाधिवेशनको तयारीमा जुटेका छन्। 

समाजवादी पार्टीले किन सरकार छाडेन ?
सबैको अनुमान र अडकल फेललाई  खुवाइदै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार नछाड्ने निर्णय गरे। मन्त्रिमण्डल पुनगर्ठन पछि उपेन्द्रले सरकार छाड्ने अनुमान सबैको थियो। समाजवादी पार्टीका कसैलाई जानकारी नगराइ प्रधानमन्त्री केपी ओलीले यादवले सम्हाल्दै आएको मन्त्रालय फेरे भने समाजावदी पार्टीबाट सरकारमा गएका तत्कालिन स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई पद च्युत गरे।

यो भनेको  समाजवादी पार्टीमाथि गरिएको ठूलो अपमान हो। तर यस्तो अपमान पनि यादवले सहे। पार्टी एक पदाधिकारी भन्छन, ‘पुनगर्ठन लगत्तै हामीले सरकार छाड्ने हो भने हामीलाई सरकारबाट हटाइएको सन्देश सबै तिर जान्छ। यसबाट हाम्रो वार्गेनिङ पावर पनि हवात्तै घटछ। जब कि अहिले राजपा र समाजवादी पार्टी वीच पार्टी एकीकरण प्रक्रिया अघि बढीरहेको छ। राजपाले पार्टी एकीकरणको लागि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने पहिलो शर्त राखेको छ।’

तर पुनगर्ठन पछि पदच्युत गरिएका निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको बुझाइ भने अर्कै छ। उनी भन्छन, पुनगर्ठन लगत्तै हामीले सरकार छाडेको भए उनीहरुले नै भन्ने थिए, स्वास्थ्य दिए सरकरमा बसे। संविधान संशोधनको प्रस्ताव ल्याउने मन्त्रालय कानुन मन्त्रालय दिदा  सरकार छाडेर भागे भन्ने थिए। अर्थात उनीहरु नै अब यिनीहरुले सरकार छाड्छ भनेर दाउ हेरेर बसेका थिए। उनीहरुको त्यस्तो रणनीति हामीले बुझ्यौ।’

आफूहरु संविधान संशोधनकोलागि सरकारमा गएको बताउँदै यादवले भने, हाम्रो उदेष्य संविधान संशोधनकोलागि मात्र हो। यो मन्त्रालय, त्यो मन्त्रालय यो व्यक्ति,त्यो व्यक्ति भन्ने होइन।’केही दिन अघि गरिएको मन्त्रिमण्डल पुनगर्ठन पछि आफूहरु आश्चर्यचकित भएको तर दुखित नभएको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ