arrow

म्याराथनमा स्वर्णपदक जिते बोगटीले 

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
sag-athletics-kiran-bogati.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत एथलेटिक्समा नेपालले स्वर्णपदक जितेको छ । नेपालका लागि किरण सिंह बोगटीले कीर्तिमान बनाएका हुन् । 

एथलेटिक्समा लगातार तीन पटकसम्म स्वर्ण जितेका बैकुण्ठ मानन्धरको कीर्तिमान रहेकामा बोगटीले लामो समयपछि स्वर्णपदक दिलाएका छन् । 

बोगटीले ४२ किलोमिटरको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका हुन् । 

सागमा बैकुण्ठ मानन्धरको नाममा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान भने अझै कायमै छ । 

बोगटीको यो स्वर्णसंगै नेपालको स्वर्णपदकको संख्या ४२ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ