arrow

अबको चुनौती अदृश्य हिंसाको 

logo
राधिका कुइकेल
प्रकाशित २०७६ मंसिर २१ शनिबार
radhika-kuikel-khanal.jpg

महिला हिंसाको सोह्र दिने अभियान चलिरहेको छ। जुनसुकै संघ संस्थाहरुमा कर्मकाण्डी स्वरुपमा होस् या डलरको खेती गर्न होस् एउटा न एउटा कार्यक्रम भैरहेको  छ । हरेक महिला नेताका हुन् वा पुरुष नेताका मुखबाट अभियान सफलताको शुभकामनाको पुष्प गुच्छा पनि बर्सिरहेको छ भने लेख रचना पनि ब्यापक आइरहेको छ । 

तर यहिबेला बलात्कार, हत्या र छाउपडीको कारण मृत्यु भएको जस्ता प्रशस्त घटनाहरु एकपछि अर्को गर्दै  बाहिरिएका छन् । बिगत एक बर्ष यताको तथ्यांक हेर्ने हो भने हिंसाको शृंखला कहाली लाग्दो स्थितिमा छ । कति हत्यारा पत्ता लागेका छन् भने कति पत्ता लागेर पनि कारबाही गर्न सकिएको छैन । 

साथै बाहिरिएको हिंसा त तथ्यांकमा आउला र देखिएला पनि तर अदृश्य हिंसाको संख्या झनै भयावह रुपमा छ जुन भित्रभित्रै प्रताडित भएर रहेका छन् यस्ता हिंसाको बारेमा छलफल र बहस नचलाइने हो भने हिंसा न्युनिकरणका जतिसुकै भाषण गरेपनि केही उपलब्धि हुने देखिँदैन । राज्य वा संस्थाबाट अरबौंको लगानीमा महिला हिंसाका प्रकार र स्वरुपबारे जनचेतना फैलाउने काम नभएका पनि हैनन् तर हिंसा रोक्न भने सकिएको छैन। 

हिंसाको प्रकृति फरक छ, शैली फरक छ, स्थान फरक छ बरु अब ती पुराना स्वरुपहरु नयां भएर आएका छन्  । तर हिंसा झन् झन् मौलाउँदै गएको छ भन्ने कुरा हामीले सुक्ष्म अध्ययन गर्यौं भन्ने प्रस्ट हुनेछौं । हिंसाका ती पुराना स्वरुपहरु नयां भएर आएका छन् । जसले हिंसा विरुद्दका नारा लगाउँछन् त्यहि भित्र हुने गरेका हिंसाको आंकलन कसैले गर्दैनन्। तर हिंसा झन् झन् मौलाउँदै गएको छ भन्ने कुरा हामीले सुक्ष्म अध्ययन गर्यौं भने भने प्रस्ट हुनेछौं । जसले हिंसा विरुद्धका नारा लगाउँछन् त्यहीभित्र हुने गरेका हिंसाको आंकलन कसैले गर्दैनन् ।

हामी बलात्कार, हत्या, कुटपीटलाईमात्र हिंसा मान्ने गर्दछौं तर त्यो भन्दा खतरनाक हिंसा अरु नै प्रशस्तै हुन्छन् । प्रतिशतको आधारमा महिलाको उपस्थिति राज्यले ३३ प्रतिशत किटान गरेपनि हरेक तह र तप्कामा निर्वाचित महिला नेतृहरु नै ठूलो हिंसामा परेको कुरा नेतृहरूको मुखबाट मुखरित हुन्छ भन्दा पत्याउन गाह्रो पनि पर्ला तर एकछिन मनन गर्ने हो भने एउटा संस्था जहाँ एकै पद्दतिका चुनाव जितेर महिलाहरु पदमा आएका हुन्छन र समान हैसियतका पदमा हुन्छन तर पुरुष पदाधिकारी र महिला पदाधिकारीलाई गरिने ब्यबहार फरक हुन्छ । 

महिलाले बोल्दा बीचमै काटिदिने, अपहेलत्व गरेर हाँसिदिने, बोलेको बेवास्ता गरिदिने, महिलाले भनेका निर्णय नगरिदिने, १० जना पुरुष मन्चमा बस्दा एक महिला नराख्ने , १० जनाले भाषण गर्दा एउटा महिलाको नाममा दिइहाले पनि स्वागत वा धन्यवाद दिने र समय कम छ है भनिदिने, जेन्डर भनेपछि महिलाको मात्रै मुद्दा भन्ने ठानेर ती बिषयमा कोही नबोल्ने, महिलाले मात्र बोल्छन् भन्ने जस्ता अदृष्य धेरै हिंसा हुने गर्दछ । 

ती महिला नेतृ जसले घरमा दिने समय खर्चेको हुन्छ, बच्चाको काखको समय खोसेको हुन्छ, बच्चाले खाने दुध को पैसा कटाएर हिडेको हुन्छ  त्यसको कसले गर्ने मुल्यांकन रुरु महिलालाई मिटिंगमा कोरम पुर्याउन, महिला पनि छन् है भनेर विदेशीलाई देखाउन, महिला नै भनेर बोलाएको ठाउँमा प्रतिनिधित्व गर्न बाहेक महिलालाई उपस्थित गर्न पुरुष नेताहरु हिच्किचाउने गरेको उदाहरण प्रशस्त छन् भने यसरी पीडित महिलाले त्यो संस्थामा कसरी राम्रो काम गर्न सक्छ जब हरेक मुद्दामा हरेक ठाउँमा उनले अधिकारकै लागि झगडा गर्नुपर्छ । त्यसैले धेरै ठूला ठूला कुरा गरेर मात्र हिंसा रोकिँदैन अदृश्य हिंसा आफैबाट, आजैबाट र आफ्नै सस्थाबाट शुरु गरौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ