arrow

अटो दुर्घटनाामा पाँच जनाको मृत्यु, एक गम्भीर

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
accident-final.jpeg

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा ४ चेपाङ मार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने ४२ वर्षका विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने २५ वर्षकी मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने ३२ वर्षकी की माया तामाङ रहेका छन् ।

एक महिलाको सनाखत भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ