arrow

मिस वल्ड नेपाल इभानाले सगुनको बारेमा के भनिन? (भिडियो सहित)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
264389488.jpeg
काठमाडौं। मिस नेपाल वल्ड २०१५ इभाना मानन्धर मिस वल्डको अन्तिम तयारीमा रहेकी छन्। तयारीकै क्रममा नेपालका विभिन्न कार्यक्रमहरुमा उनी व्यस्त रहेकी छन्। नेपाल सम्वत ११३६मा उनी व्यस्त भइन। उनले नेपालको आफ्नो मौलिक सम्वतको अवसरमा सबैलाई शुभकामना दिइन्। पछिल्ला केहि दिनमा उनी मल्टिमिडियामा निकै व्यस्त देखिन्छिन। सामाजिक सञ्जालहरुमा समेत निकै व्यस्त देखिएकी उनले सामाजिक अभियानहरुमा पनि हात वढाएकी छन्। नेपालीहरुले गरेका अभियानहरुमा उनले हृदयदेखिनै समर्थन र ऐक्यवद्धता जनाएकी छन्। 
 
सान्या चाइनामा डिसेम्वर १९ मा हुन लागिरहेको ६५औं संस्करणको मिस वल्डमा सहभागि हुन लागिरहेकी इभाना यतिखेर चीन जानुअघी मल्टिमिडियामा धेरै भन्दा धेरै देखिन चाहन्छिन। विभिन्न अर्थपूर्ण उपस्थिति जनाएर मल्टिमिडियामा आउनु र त्यसबाट प्राप्त हुने प्रचार पनि प्रतियोगिताको एउटा हिस्सा हुने भएपछि इभाना अहिले यस्ता कार्यक्रमहरुमा अझ बढी देखिन थालेकी छन्। 
 
सामाजिक सञ्जालहरुको दुनियाँमा नेपालीहरुले बनाएको सामाजिक सञ्जाल सगुन डटकम (sagoon.com)को दोस्रो संस्करणलाई विश्वव्यापी बनाउने अभियानमा समेत इभाना लागेकी छिन। नेपाली भएकोमा गर्व गर्ने बताउने इभानाले संसारभरका नेपालीहरु जस्ले गरेको राम्रो कार्यमा पनि हौसला दिएर सफल बनाउनु पर्ने उल्लेख गर्दै सगुन डटकम (sagoon.com)लाई पनि सबै नेपालीहरुले प्रयोग गरेर सहयोग पुर्‍याउनुपर्ने बताइन। सगुनको बारेमा र आफ्नो मिस वल्ड २०१५ को यात्राको बारेमा यसो भनिन। भिडियो हेर्नुसः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ