arrow

‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मानित नायकको निधन    

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
nepali-congress-flag.jpg.jpeg

जनकपुरधाम । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा सोमबार विहान निधन भएको छ । पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए । 
     
 स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँग्रेसले  ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।     

 प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८ र २०४५ मा जेल पेका थिए । उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ