arrow

लुम्बिनीमा गुरुयोजना अनुसारका काम तिव्र गतिमा, ३ बर्षमा लक्ष्य पूरा हुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ पुष ५ शनिबार
Lumbini-Hall-undersconstruc.jpg

रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनीलाई बिश्व शान्तिको केन्द्र तथा लुम्बिनीको योजनाबद्ध बिकास गर्न भन्दै ४१ बर्ष अगाडि लुम्बिनी गुरुयोजना बनेको थियो ।

जापानका बास्तुकलाविद प्रोफेसर डा. केन्जो टाँगेले निर्माण गरेको गुरुयोजनाअनुसार चार दशकपछि लुम्बिनी सुन्दर बन्दैछ । गुरुयोजना अन्तरगतका निर्माणका अधिकांश ठूला काम अन्तिम चरणमा पुगेर लुम्बिनी क्षेत्रमा सौन्दरीकरणको काम चलिरहेको छ ।

लुम्बिनी विकास कोषका अनुसार हाल सम्म लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पुरा भएको छ । कोषले आगामी ३ वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तिव्र गतिमा अगाडि बढाईएको कोषका सदस्य सचिव ई.सरोज भट्टराईले जानकारी दिए । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ विगाहा क्षेत्रफल ओगटेको छ ।

संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव ऊ थान्त सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आउनुलाई लुम्बिनीको योजनाबद्ध विकासको कोसेढुंगामानिन्छ ।

भ्रमणका क्रममा अस्तव्यस्त अवस्थामा लुम्बिनी देखेपछि उनले तत्कालै नेपाल सरकारसमक्ष लुम्बिनी गुरुयोजनाबनाएर अघि बढ्न प्रस्ताव गरेका थिए । उनकै अनुरोधअनुसार सन् १९७२ मा जापानी वास्तुविद् प्रा.केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए । टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो । यसरी सुरु भएको योजनाबद्ध विकासले ४१ वर्ष पार गर्दा एउटा स्वरुप लिन थालेको छ ।

लुम्बिनीको तीन वर्गमाईल क्षेत्रमा उद्यान क्षेत्र, अन्तरराष्ट्रिय विहार क्षेत्र, नयाँं लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरिएको छ । तीन वर्गमाईल भूभागलाई एकएक वर्ग माईलमा बिभाजन गरी उत्तरतर्फको एक वर्गमाईल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड एक वर्ग माईलको भूखण्ड जसलाई शैक्षिक, सांस्कृतिक तथा अन्तरराष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ । बाँकी एक वर्ग माईलको दक्षिण तपर्फको क्षेत्रलाई पवित्र उद्ध्यान भनिएको छ ।

बुद्धले पहिलो पाईला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ लुम्बिनी कै आकर्षण मायादेवि मन्दिर, अशोक स्तम्भ लगाएतका शंरचना रहेका छन् । कोषले गुरुयोजना अनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने कोषको दाबी छ । ८२ प्रतिशत काम सकिएसंगै अहिले पनि लुम्बिनी स्वर्गको एक टुक्रा जस्तै देखिन थालेको छ ।

३ वर्षभित्र गुरुयोजना पुरा हुँदा सुन्दरीकरणका काम समेत सकेर लुम्बिनीलाई संसारकै पवित्र र नमुना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गरिरहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बताए । बौद्ध धर्मावलम्बीका साथै आम मानिसका लागि लुम्बिनी एक पवित्र धार्मिक तथा पर्यटकिय स्थल हो उपाध्यक्ष त्रिपाठीले भने बिश्वका बुद्ध अनुयायीहरु एक पटक जसरी पनि लुम्बिनी पुग्नु पर्दछ भन्ने मान्यता राख्छन्, हामीले यो कुरालाई ध्यानमा राखेर लुम्बिनीलाई स्वर्गको एक टुक्रा जस्तै बनाउने प्रयत्नमा जुटेका छौ ।

 

ठुला निर्माणका काम धमाधम 

लुम्बिनी बिकास कोषका सदस्य सचिव भट्टराईले लुम्बिनीमा ठुला आयोजना निर्माणको काम धमाधम अघि बढेको बताए । उनका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा ५ हजार जना अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तिव्र गतीमा भईरहेको छ ।

लुम्बिनीमा हुने बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय सम्मेलनका लागि लुम्बिनीमा सम्मेलन केन्द्र निर्माण हुदै छ । उक्त सम्मेलन केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको कोषको भनाई छ । कोषका अनुसार आउदो बुद्ध जयन्ती सोहि केन्द्रमा गर्ने तयारी छ । पहिलो चरणको काम तिव्र गतिमा भईरहेका कारण बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको छ । बुद्ध जयन्ती सम्म पहिलो चरणको काम सम्पन्न गर्ने उद्धेश्य अनुरुप अहिले २÷३ सिफ्टमा काम भईरहेको छ । ८ हजार ५ सय स्कायरफिटमा निर्माण भईरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा निर्माण हुदै छ । दाश्रो चरण अन्तरगतको सौचालय, सौन्दयीकरण लगाएतको कामका लागि डिजाईट तयार हुदै गरेको कोष सदस्य सचिव भट्टराईको भनाई छ ।

त्यस्तै लुम्बिनीको अर्को महत्वपुर्ण र ठुलो आयोजना हो व्यवस्थीत बिजुली व्यवस्थापन । लुम्बिनी गुरुयोजना भित्रका सबै संरचनालाई आबश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्नेगरी काम अगाडि बढेको कोषले जनाएको छ । हाल सम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दावि छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । बिजुलीको व्यवस्थापनका लागि ५० किलोमिटर गुणस्तरीय केवल, उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनी भित्र ५ सय ८० वटा सोलार, मायादेवि मन्दीर वरिपरी ३ सय ३३ वटा बिशेष किसिमको गार्डेन लगाउने काम शुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफमर राख्ने काम शुरु भएको छ । यो बिजुली व्यवस्थापनको काम शुरु भएपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङगीएका, खिएका तार पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा निर्माण हुदै छ । 

त्यस्तै गुरुयोजना क्षेत्र भित्र अप्टिक फाईवर भुमिगत रुपमा बिच्छयाउने कार्य, डाटा सेन्टर राख्ने काम पनि तिबै रुपमा अगाडि बढेको छ । लुम्बिनीलाई सुचना प्रबिधिमा पनि अब्बल बनाउनका लागि १ सय ७५ बटा अत्याधुनिक सिसिटिभि क्यामेरा जडानको काम अन्त्ीम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले उल्लेख गरे । गुरुयोजनाका ४ बटा बिभिन्न स्थानमा ठुलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको उनले बताए । लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउने सकिने गरी प्रबिधि जडानको काम शुरु भएको छ । त्यसका लागि डाटा किन्ने कामका प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ । ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार रहेको छ ।

लुम्बिनीमा व्यवस्थीत खानेपानीका लागि १ लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन् ।

लुम्बिनी गुरुयोजनाका मुख्य क्रियाकलापमध्ये पवित्र उद्यानका ४ वटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैंचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिष्टमको काम पनि सकिएको छ । लुम्बिनीमाक्यानल तथा पोखरीहरुनिर्माणको काम सकिएको छ । सौन्दयीकरणको काम तिब्र रुपमा भईरहेको छ ।

३ जोडी सिम्बोलिक पेभिलियन, केन्द्रीय नहरको दुवैतर्फ दुवो सहितको बगैंचा निर्माणको काम पनि सकिएको छ । सांस्कृतिक क्षेत्रमा संग्रहालय तथा पुस्तकालयका भवनहरु २ वटा, कार्यालय भवन र सुचना केन्द्र भवनको निर्माण पनि सकिएको छ । यी संरचना पनि ठुलो आयोजनाको रुपमा लिईएको छ । विभिन्न पहुँच मार्गहरु कालोपत्रे तथा ट्रयाक खोल्ने कार्य सकिएको छ भने पुर्वी र पश्चिमी विहार क्षेत्र, होटलहररु लगायतका निर्माण कार्यहरु सम्पन्न भएको कोषका सदस्य सचिव भट्टराईले जानकारी दिए ।

लुम्बिनी गुरुयोजनाले बुद्धले पहिलो पाईला टेकेको स्थान पत्रि उद्यानलाई प्राथमिकता दिएको छ ।

यो पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ । यो पोखरीलाई सर्कुलर लेबी भनिएको छ । वरिपरि निलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना गरिएको छ । गोलाकार पोखरी भित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पूरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र छन् । यहाँ कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाईएको छ । उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्न बाट रोक्नका लागि गोलाकार नहरहरु बनाईएको छ ।

पवित्र क्षेत्रलाई विश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९ सय ९७ को सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । यहाँ रहेका ४१ वटा उद्यानका प्लटहरु मध्ये ३ वटा प्लटहरुमात्र तयार भएका छन् । बाँकी सवै प्लटहरुलाई यसैवर्षदेखि सुन्दरीकरण गर्ने योजना रहेको छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संरचनाहरु करीब सम्पन्न भएका छन् ।

उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । पोखरीलाई अहिलेको तुलनामा दोब्बर बढाएर घाँस तथा झारहरु उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो, फूल तथा छहारी दिने ससाना रुख रोप्ने काम शुरु भएको छ । पोखरीका विभिन्न ५ स्थानमा पानीका रंगिन फोहोराहरु बनाउने योजना समेत रहेको उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए । 

पवित्र उद्यान क्षेत्रबाट उत्तर तपर्फ रहेको अन्तरराष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । यहाँ विभिन्न मुलुकहरुले निर्माण गरेका बौद्ध गुम्बा र विहारहरु रहेका छन् । यो दुई क्षेत्रलाई शान्ति दीपबाट सुरु भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्टाएको छ ।

यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तुप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लटहरु छुट्टाईएको छ । त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ ।

जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरावादी बौद्ध सम्प्रदायका १३ वटा मूलुकहरुमध्ये नेपाल लगायत ७ वटा मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकहरुले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधिन छन् । बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् । 

पूर्वतर्फ श्रीलंका, बर्मा, थाइल्याण्ड, कम्वोडिया, क्यानडा, लगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडा लगायतका मुलुकले विहार बनाएका छन् । अमेरिका लगायतका केही मुलुकहरुले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ ।

लुम्बिनी गुरुयोजनामा बांडिएका प्रमुख तीन वटा क्षेत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीय  रुपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन् । योजनाबद्ध रुपमा बिकास भइरहेको  तीन वर्ग माईलमध्येको उत्तर तपर्mको एक वर्ग माईल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ । 

गृहस्थ जीवनमा आवश्यक पर्नै सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई  आवश्यक भौतिक सुविधा पुर्‍याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर संचालनमा आइसकेका छन् यद्यपि थुप्रै  महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । गुरु योजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने  प्रस्ताव गरेको थियो । 

एक सय बेडको सबै सुविधायुक्त बिलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चार वटा क्याम्प्रिङ् निर्माण गर्ने योजना बनाएको थियो । जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् भने क्याम्पिङ् निर्माणको काम बाँकी छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ