arrow

अवैध कुखुराको चल्ला नष्ट

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
siraha1.png

सिरहा । प्रहरीको टोलीले सिरहा नगरपालिका–१९ जोगियाटोलबाट ४३ कार्टुन अवैध चल्ला बरामद गरेको छ । प्रहरी चौकी सन्हैठा सिरहाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालमा भित्र्याइएको उक्त अवैध चल्ला बरामद गरेको हो । 

बरामद भएका करिब रु एक लाख मूल्य बराबरको चल्ला स्थानीय प्रतिनिधिको रोहवरमा बिहान नष्ट गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ