नेटवर्किङ र टेक्नोलोजीको दुरुपयोग गरी अपराध गरेको आशंकामा ६ दर्जन चिनियाँ नागरिक पक्राउ
प्रकाशित २०७६ पुष ७ सोमबार
991
Shares
काठमाडौं। नेटवर्किङ र टेक्नोलोजीको दुरुपरोग गरी अपराध र अवैद्य रुपमा बसिरहेको आंशकामा ७२ जना चिनीयाँ नागरिकहरुलाई काठमाडौको वासवारी, मनमैजु, र बुढानिलकण्ठबाट पक्राउ गरिएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसद काठमाडौ र केन्द्रीय अनुसन्धान ब्युरोको सयुक्त टोलीले आज बिशेष अप्रेशन संचानल गरी ठुलो संख्यामा चिनियाँ नागरिकहरु पक्रिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
उनीहरु बैद्य वा अवैद्य रुपमा नेपालमा बसिरहेका हुन भन्नेबारेमा छानबिन भइरहेको समेत उनले बताए। उनीहरुले नेर्वकिङ र टेक्नोलोजीको दुरुपयोग गरी अपराध गरेको आशंका रहेको थापाले बताए। यस भन्दा अघि भदौ १५ गते एटिम मार्फत बैकको सिस्टम ह्याक गरेर पैसा झिकिरहेको अवस्थामा ५ जना चिनियाँ दरवारमार्ग एरियाबाट पक्राउ परेका थिए।
उनीहरुले कसरी बैकिङ सिस्टम ह्याक गरे भनेर बिदेशबाट समेत बिज्ञ झिकाएर अध्ययन गर्दा समेत वास्तबित सार्वजनिक भएको छैन्। चिनियाँहरु प्रबिधिमा अब्बल हुने भए पनि उनीहरु बिदेश लगायत बिभिन्न ठाउँमा प्रबिधिको दुरुपयोग गर्दै अपराध गर्दै आएका घटना सार्वजनिक हुदै आएका छन्।