- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बिहीबार रातिको बक्सिङ डेमा इंगलिश प्रिमियर लिग फुटबलमा ९ खेल भएका छन् । जसमा २३ गोल मात्रै भएको छ ।
लिभरपुल र म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सीले हारेको छ । जोजे मौरिन्होको टोटनह्यामले जित निकालेको छ ।
लिभरपुलले लेस्टर सिटीलाई उसकै मैदानमा ४–० गोल अन्तरले हरायो । रोबर्टो फर्मिन्होले २ तथा जेम्स मिल्नर र ट्रेन्ट अर्नाल्डोले १–१ गोल गरे ।
म्यान्चेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई आफ्नै मैदानमा ४–१ गोल अन्तरले हरायो । एन्थोनी मार्सियलले २ तथा मासन ग्रिनउड र मार्कस रास्फोर्डले १–१ गोल गरे ।
यस्तो छ अन्य खेलको नतिजा–
टोटनह्याम हट्सपर २ (ह्यारी कान, डेले अली)–१ ब्राइटन एन्ड हभ आल्बियन
एएफसी बर्नमाउथ १–१ आर्सनल
एस्टन भिल्ला १–० नर्विच सिटी
चेल्सी ०–२ साउथह्याम्पटन
क्रिस्टल प्यालेस २–१ वेष्ट ह्याम युनाइटेड
एभर्टन १–० बर्नली
शेफिल्ड युनाइटेड १–१ वाटफोर्ड
अंक तालिका
१८ खेलबाट लिभरपुलको ५२, १९ खेलबाट लेस्टरको ३९, म्यान्चेस्टर सिटीको ३८, चेल्सीको ३२, टोटनह्यामको २९, शेफिल्डको २९, म्यान्चेस्टर युनाइटेडको २८, वुल्भसको २७, आर्सनलको २४ अंक रहेको छ ।