arrow

सेठकी छोरीसँग भुतुक्कै भएका राजकुमारले किन मोडे मुख?

सांसारिक की आत्मिक प्रेम ?

logo
जीवन दर्शन,
प्रकाशित २०७६ पुष २० आइतबार
king-son1.jpg

काठमाडौं । एक राजकुमार सेठकी छोरीलाई देखेर मोहित भए। उनले खान-पिउन सबै छोडिदिए अनि दिन-रात चिन्तित रहन थाले। जब राजालाई छोराको यस हालत बारे खबर पुग्यो तब सेठलाई बोलाएर राजाले भने, मेरो छोरा राजकुमार तिम्री छोरीको यादमा चिन्तित भएर प्राण त्याग्न लागेका छन्। यसकारण आफ्नी छोरीको विवाह मेरो छोरासंग गरिदेऊ।'

सेठ खुशी हुदै भन्छन्, 'महाराज! मेरी छोरी हजुरको महलमा खुशी र सुखी रहने छिन्, तर म एकपटक छोरीलाई सोधेर मात्र जवाफ दिने छु।'

सेठ घरमा आएर छोरीलाई सबै कुरा सनाए। छोरीले भनिन्,'केहि छैन, तर तपाईंले विवाहको कुरा पक्का नगर्नु होला, पहिले गएर राजकुमारलाई दुई दिनपछि यहाँ आउने निमन्त्रणा दिनुहोस्।'

निमन्त्रणा पाएर राजकुमार एकदमै खुशी भए। बिहानै उठेर नुहाईधोई गरी सेठको घरमा जान तयार हुन थाले। उता सेठकी छोरीले राती पखाला हुने औषधि खाईन जसको कारण उनलाई एकदम पखाला चल्यो । उनले पखाला गएको सबै फोहर माटोको भाडोहरूमा भरेर आफ्नो कोठाको एउटा कुनामा राखिन् अनि गएर आफ्नो पलंगमा सतिन् । पखाला गएकाले उनको अनुहार पहेलो भएर चाउरी पर्‍यो, शरीर कमजोर भएर उठन पनि नसक्ने भईन्।

राजकुमार सजिएर ठाँटबाटसंग सेठकी छोरीलाई भेटन आए। कोठामा पस्न साथै दुर्गन्धले उनलाई सास फेर्न नै गाह्रो भयो । उनले जोडले सोधे, 'सेठकी छोरी कहाँ छिन्?'

सेठकी छोरीले मुखबाट लुगा हटाएर इशाराले राजकुमारलाई आफ्नो छेउमा बोलाईन र भनिन्, सेठकी छोरी म नै हुँ, जसको लागि तिमिले खान-पिउन छोडिदिएका थियौ ।

राजकुमार भन्छन्, 'होइन, त्यो केटी त एकदमै राम्री थिईन्, तिमी त यस्ती फिक्का छौ, तिम्रो त अनुहार हेर्दा पनि मलाई डर लागिरहेको छ।'

तब सेठकी छोरीले भन्छिन्,'मेरो सुन्दरता हेर्न चाहन्छौ भने, उ त्यो माटोको भाडोहरूमा भरेर राखेकी छु',

राजकुमारले जसै एउटा माटोको भाडोको ढकनी खोले दुर्गन्धले उनको टाउको दुख्न थाल्यो।

सेठकी छोरीले भनी, घृणा किन गछौं? यहि त मेरो सुन्दरता हो जसलाई देखेर तिमी मोहित भएका थियौ।

प्रेम दुई प्रकारको हुन्छ । एक प्रेम मायावी (सांसारिक)  हुन्छ, जुन प्रेम शरीरसंग गरिन्छ, जुन आज सारा संसारमा फैलिएको छ । अर्को प्रेम हो आत्मिक प्रेम वा ईश्वरीय प्रेम। मानिसहरू दिन-रात शरीरलाई छरितो बनाउन र रुप श्रृंगार गर्नमा लागेर आत्मालाई भुलेका छन । त्यस्ता व्यक्ति मान वा पद पाउन अथवा इन्द्रियहरुको विषयपूर्ति गर्नका लागि अरुलाई प्रेम गर्छ । मायावी प्रेममा त सबै मनुष्य लागेका छन्, तर त्यसमा आनन्द कहाँ?

संसारी प्रेम जसलाई मोह भने पनि हुन्छ, त्यो झुटो हुन्छ, तर साँचो प्रेम ईश्वरमा आत्माद्वारा मात्र हुन्छ । जसको ईश्वरमा प्रेम हुँदैन, उसको सांसारिक प्रेम पनि झुटो र बनावटी हुन्छ।

ईश्वरमा प्रेम (भक्ति) कुनै जाति-पाति र धनी-गरीबको अधीनमा छैन। भक्ति त स्वतन्त्र छ, भनेको पनि छ-
भगति सुतन्त्र सकल सुख खानी।
बिनु सतसंग न पावहिं प्रानी।।

सबैको आँखाले देख्ने काम गर्छ, कानले सन्ने काम गर्छ, नाकले सुँध्ने काम गर्छ । घामको किरणले सबैलाई गर्मी र  प्रकाश दिन्छ । गंगाको पानीले सबैको प्यास मेटाउँछ । जसरी  सारा संसारको लागि प्रकृतिको कानुन एउटै छ, उस्तै प्रकार  परमात्माको याद गर्ने तरीका पनि सबैको लागि एउटै छ।  यसमा भन्ने सुन्ने वा धर्म आदिको भेद छैन । लुला-लंगडा, गोरो-कालो, हिन्दु, मुसलमान कोहि पनि होस, सबैले परमात्माको  भजन-स्मरण र उनको प्रकाशको ध्यान गर्नुछ । परमात्माको  नामलाई अमृत बताएको छ, जुन सबैको लागि एक छ अनि सबैभित्र छ-

मन मन्दिर तन भेष कलन्दर घट ही तीरथ नावां।
'एक शब्द मेरे प्राण बसें, बहुर जनम नहीं आवां ।।

जसको मन त्यो अमृत नाममा लाग्छ, उसलाई परमानन्दको प्राप्ति हुन्छ। परमात्माको भक्तिको सम्बन्ध हृदयसंग छ।  परमात्मासंग प्रेम हृदयले गरिन्छ। हृदयबाट नामसंग प्रेम  गर्नको कारण राजा जनक विदेही भए। जीवितैमा संसारको सबै बन्धनहरूबाट मुक्त भए।

मनुष्यको लागि सबैभन्दा महत्वपूर्ण कुरा मनलाई कसरी जीत्ने? चित्तवृत्तिलाई विषयहरूबाट कसरी  हटाउने? हुन। किनभने मन र इन्द्रियहरूलाई नियन्त्रणमा गर्नाले  मात्र शान्ति र सुख मिल्छ । यसकारण सन्तहरूको शरणमा गएर मनलाई एकाग्र गर्ने साधनलाई जान्नु पर्दछ । चित्तवृत्तिलाई रोक्नु हुनेछ, तब तपाईंले संसारको साँचो भलाई गर्न सक्नु हुनेछ । किनभने जसलाई आफैलाई शान्ति छैन, उसले अरुलाई कसरी शान्ति दिन सक्छ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ