arrow

भारतीय दुतावासले दिएको एम्बुलेन्समा ९३ वर्षीया बृद्धाले चलाइन् कैची

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
udhgatan.JPG

पाल्पा (रामपुर) । पाल्पाको पूर्वी क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय कालीगण्डकी फाउण्डेशन नेपालले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता  दिवसको अवसरमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स उद्घाटन गरि सञ्चालनमा ल्याएको हो।

भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सको बुधबार रामपुरमा कार्यक्रम गरी सेवा शुभारम्भ गरिएको हो । एम्बुलेन्स सेवाको रामपुर नगरपालिका ५ की जेष्ठ सदस्य ९३ वर्षीया फन कुमारी पोख्रेलले रिवन काटेर शुभारम्भ गरिन् । जेष्ठ नागरिक पोख्रेलले सेवाको कामलाई निरन्तरता दिदै जान आग्रह गरिन्। जीवनदान दिन चलाउन लागेको एम्बुलेन्स सदैव चलेर धेरैलाई सुख र सुविधा दिन शुभकामना दिइन्।

कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सांसद युवराज खनालले सरकारले स्वास्थ्य विमा तथा विभिन्न सुविधा प्रदान गरे पनि दुर्गम क्षेत्रका नागरिकहरु समयमा पुग्न नसक्दा समस्या परेको बताए । रामपुर क्षेत्रमा स्वास्थ्य क्षेत्र तर्फ राम्रो उपचारको सेवा नभएको अबस्थामा स्वास्थ्य सेवा लिन बाहिर जानु पर्ने अवस्थामा यसले थप सेवा प्रदान गर्ने बताए।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरबाट स्वास्थ्य सेवा लिनका लागि अन्य स्थानमा जान एम्बुलेन्स सेवाले सहज गराउने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराई, रामपुर नगरपालिकाका सल्लाहाकार लेखनाथ पोखरेल, रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाल-भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईले सेवा शुभारम्भ गर्नु सुखद् कुरा रहेको भन्दै दिगो सञ्चालनमा ध्यान दिन अनुरोध गरे।

कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले संस्थाले सेवालाई प्राथमिकता दिएर एम्बुलेन्स सञ्चालन गर्ने बताए । एम्बुलेन्स शुभारम्भ कार्यक्रमका जेष्ठ नागरिक रामपुर ५ का फन कुमारी पोखरेललाई जुन जस्तो अबस्थामा एम्बुलेन्स आवश्यक परेको खण्डमा एम्बुलेन्स सेवा निशुल्क दिने र नगरपालिकाको छोटो दुरी वा गरिव परिवारका लागि स- शुल्क सेवा दिने योजना रहेको बताए।     

संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष पवित्रा ढकाल पौडेलको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा कार्यक्रम भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ