arrow

बाँकेमा एउटा विओपी थपियो

logo
सौरभ गिरी,
प्रकाशित २०७६ पुष २५ शुक्रबार
bok.jpg

नेपालगन्ज। बाँकेमा शुक्रबार थप एउटा विओपी(वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । यो संगै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर १ सय १४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा विओपी थपिन लागेका हुन् ।

यसै क्रममा शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेलले शुक्रबार एक कार्यक्रमका बीच जयसपुर विओपीको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक पौडेलले नयाँ थपिने विओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए ।

उनले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिए ।

 पौडेलले सीमा तस्करीका लुप  होल पत्ता लगाई अवैध निकासी रोक्न प्रभावकारी ढंगले लाग्न निर्देशन पनि दिए । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जयसपुर विओपी थपिएसंगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले भन्सार कार्यालय नेपालगन्जको जग्गामा विओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रममा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर ओली लगायत उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ