arrow

बौद्धिक अपाङ्गता भएका पोषणलाई खोजीदिन आग्रह

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
poshan-raj-bhattarai-disabl.jpg

काठमाडौं । बौद्धिक अपाङ्गता भएका एक युवालई खोजिदिन राष्ट्रिय अपाङ्ग महासंघले आग्रह गरेको छ । गत पुस ३ गते दिउँसोदेखि अपरिता फाउन्डेसन नेपाल साँखुबाट हराइरहेका ३३ वर्षीय पोषणराज भट्टराईको खोजीका लागि महासंघले आग्रह गरेको हो । 

महासंघले प्रेस विज्ञप्ति जारी गरी कपिलवस्तु जिल्ला बाँणगंगा नगरपालिका वडा नम्बर ३ निवासी ध्रुबराज भट्टराईका छोरा पोषणराजलाई खोजीदिन सघाउन संचारमाध्यमहरुलाई आग्रह गरेको हो । 

महासंघका महासचिव राजु बस्नेतले जारी गरेको विज्ञप्तिमा महासंघमा हराइरहेका पोषणको खोजीकार्य गरिदिन निवेदन पेश भएकाले बौद्धिक अपाङ्गता भएका उनलाई खोजीमा सघाउन आग्रह गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ