arrow

पोर्चुगलमा तामाङ दाजुभाइको समुन्द्रमा डुबेर मृत्यु

logo
प्रकाशित २०७६ पुष २९ मंगलबार
ocen.jpg.jpeg

पोर्चुगल । समुन्द्री किनारमा माछा मार्न जाँदा  छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।  

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए ।

 नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ