arrow

अस्ट्रेलियामा तीस हजार घरमा विद्युत लाइन अवरुद्ध 

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ ७ मंगलबार
australia-cyclone.jpg

सिड्नी। मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ। मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए। 

मुख्यतया यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताउनु भएको छ। रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो। केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ। सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ