arrow

गैर मुस्लिमलाई मोदी मस्जिद

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
modi-mosque.jpg

काठमाडौं । भारतको कर्नाटकस्थित बैंगलुरुको टस्कर टाउनस्थित मोदी मस्जिद खोलिएको छ । एक सय ७० वर्षको अवधिमा पहिलो पटक उक्त मस्जिद गत आइतबार खोलिएको हो । 

गैर मुस्लिमका लागि उक्त मस्जिद खोलिएको हो । पहिलो दिन करिब चार सय मानिस यहाँ पुगेका थिए । यहाँ हरेक धर्मका पुरुष र महिला सामेल भएका थिए । 

गैर मुस्लिमका लागि मस्जिद खोल्नुको उद्धेश्य दोस्रो धर्मका बारेमा मानिसको मनमा लागेका कुरा जानकारी दिनु हो । 

इस्लाम धर्मका बारेमा रहेका भ्रम हटाएर ज्ञान दिनु यसको मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ । मस्जिद पुगेका पर्यटकलाई इस्लाम धर्मको सिद्धान्तका बारेमा जानकारी दिइएको थियो । 

साथै कुरान पनि पढिएको थियो । पर्यटकका लागि एक मेडिटेशन सेसन पनि राखिएको थियो । आगन्तुकलाई कुरानको कपी पनि दिइएको थियो । 

मुम्बईको एक च्यारिटेबलले सामाजिक संजालमा गैर मुस्लिम समुदायका लागि ‘मेरो मस्जिदमा भ्रमण गर’ नामबाट खुल्ला निमन्त्रणा पत्र पठाएको थियो । 

मस्जिदको ढोका हर भारतीयका लागि आइतबार खोलिने जनाइएको छ । यो मस्जिदको पूरा नाम मोदी अब्दुल गफूर मस्जिद हो ।

उनले नै मस्जिदका लागि जमीन दान दिएका थिए । यसैले उनकै नामबाट मोदी मस्जिद राखिएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ