arrow

ट्रम्पमाथिको महाभियोगमा छलफल सुरु, नेताहरुबीच विवाद

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
donald-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । तर सिनेटमा ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा विवाद गरिरहेका छन् ।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस भइरहेको हो । 

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् ।

तर विपक्षी डेमोक्रयाटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने भन्दै विरोध गरिरहेका छन् । 

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन् ।

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्र्याटहरूले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन्।

अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । यसअघिका राष्ट्रपतिहरुले महाभियोगको सामना गरे पनि महाभियोग लागेर पद भने छाड्नु परेको थिएन । 



लोकप्रिय समाचार
नयाँ