arrow

के पाक्दैछ देउवा निवासमा ?

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
sher-ramchandra-bimalendra.gif

काठमाडौं ।  नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक बुधबार  सभापति शेरबाहदुर देउवा निवास बूढानीलकण्ठमा बस्दैछ । कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेसँगै सभापति देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बूढानीलकण्ठ डाकेका छन् । देउवाले विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका नेताहरुलाई बुधबार ३ बजे डाकेका हुन् ।

बरिष्ठ  पौडेल तथा उनको समुहले पार्टीको केन्द्रीय समितिको वैठक वहिष्कार गरेपछि सभापति देउवाबीच बढेको दुरी, पार्टी विवाद  घटाउने प्रयासको रुपमा हेरिएको छ ।

सोमबार विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबिच कांग्रेस पार्टी कार्यलयमा भएको छलफल पछि शिर्ष नेताहरुबिच बैठक बस्न लागेको हो ।  साथै नयाँ दिल्ली पुगेका पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिएको सन्देश बैठकमा राख्नेछन् ।

रक्तचापको समस्या देखाउदै भारतको नयाँ दिल्ली पुगेका वरिष्ठ नेता पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसंग नयाँ दिल्लीमा भेटवार्ता गरेका थिए । पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको थियो ।

कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेलल सभापति देउवालाई भेटेर नयाँदिल्ली प्रस्थान गरेका थिए। वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीचको भेटवार्तालाई राजनैतिक रुपमा महत्वपूर्ण मानिएको छ।

निधि भने तराईको भ्रमणपछि बुधबार काठमाडौं आएका हुन् । निधिले पार्टीभित्र देखिएको मतभेद चाँडै अन्त्य हुने बताउदै आएका छन् । उनले  मुलुकको नयाँ संरचनाअनुसार पार्टीको संरचनामा समेत परिवर्तन गर्नुपर्ने भएकोले महाधिवेशन ढिलो भएको समेत बताएका छन् ।

गत पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत लगायतका नेताहरुको बहिस्कारबीच पनि संस्थापन पक्षले महाधिवेशनको मिति, हचुवाका भरमा बढाइएका विभागहरु तथा महासमितिले निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ