arrow

जम्मू–कश्मीर मुद्दामा ट्रम्पले खेल्न खोजे, भारतले अस्वीकार गर्‍यो

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
trump-imran.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसंग जम्मू–कश्मीर मुद्दामा आफूले मध्यस्थता गर्न तयार रहेको बताएका छन् । 

डावोसमा चलिरहेको वल्ड इकोनोमिक फोरममा सहभागीता जनाउने क्रममा खानसंगको कुराकानीमा आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् । 

उनले दुई देशबीच चलिरहेको मुद्दाबारे यदि मद्दत गर्न परे आफू तयार रहेको ट्रम्पले बताएका हुन् । 

उनले भारत र पाकिस्तानबीचको यो मुद्दाको आफूले नजिकबाट विश्लेषण गरिरहेको पनि ट्रम्पको भनाइ छ । 

यो भनाइपछि भारतले एक पटक फेरि मध्यस्थताको कुनै जरुरी नै नभएको भन्दै त्यो प्रस्तावलाई खारेज गरेको जनाएको छ ।

ट्रम्पको नयाँ प्रस्तावमा भारतले स्पष्ट पार्दै कश्मीर मुद्दा भारत र पाकिस्तानको द्धिपक्षीय भएकोले यसमा कसैको मध्यस्थताको जरुरी नभएको बताएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ