arrow

नेपालमा कोरोना भाईरस: सचेत र सजग बनौं

सफा पानीले हात मुख धुने - खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
corona-virus.jpg

 

काठमाडौं। नेपालमा कोरोना भाईरसको सङ्कर्मण भेटिए पछि यस बाट बच्ने उपाय बारे छलफलहरु शुरु भएका छन्। स्वास्थ्य मन्त्रालयले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यर्थीलाई उक्त संक्रंमण भएको पुष्टी गरेको थियो।

स्वास्थ्य मन्त्रालयले बिमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना भाईरस बारेको समाचार आएदेखि उक्त काम गरेको भए सायद संक्रमित विद्यार्थी बिमानस्थलमा नै चिनिन्थे र सिधै स्वास्थ्यकर्मीको निगरानीमा बस्थे। उनको सम्पर्कमा आएका सबै व्यक्तिहरु उक्त भाईरसको संभावित खतरामा पर्न सक्ने भएका छन्।

चीनमा उक्त भाईरस देखिने बित्तिक्कै अमेरिका, हङकङ, जापान आदि देशहरुले आफ्नो बिमानस्थलमा सतर्कता शुरु गरिसकेका थिए। नेपाल सरकारले भ्रमण बर्ष मनाईरहँदा र चीनको बिदाको समय परेको बेलामा पनि सुरुवाती सतर्कता नअपनाउँदा देश भित्र उक्त भाईरस छिरेको छ।

नेपाल छिरेको भाइरस नफैलियोस् र संक्रमित व्यक्ती एक मात्र रहुन् भन्ने कामना मात्र गर्न सकिन्छ । संक्रमित व्यक्तिबाट उनको परिवार र साथीहरुमा कोरोना नसरेको होस् भन्ने चाहाना सबैको छ। अब भाईरस आईसकेपछि के गरेको भए हुनेथ्यो भन्ने कुराको खासै अर्थ रहँदैन। अब के गर्ने भन्ने कुराको अर्थ मात्र रहन्छ।

बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।”

के हो कोरोना ?    

कोरोना भाईरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने जनाईएको छ | छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ |

यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ | संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ |

कोरोना भाइरसबाट कसरी बच्ने?

आईसकेको कोरोना भाईरसबाट डराउने भन्दा सचेत हुन जरुरी देखिएको छ। स्वस्थ्य जिवनशैली अपनाउनु बाहेक अरु विकल्प नरहेको चिकित्सकहरुको राय छ। आफ्नो जिवनशैली स्वस्थ्य बनाएर सजग रहेमा संक्रमणबाट बच्न सकिन्छ र यदी संक्रमण भैहालेमा पनि समयमा चिकित्सकको निगरानीमा जान सकिन्छ।

साधारण रुघा-खोकी भनेर हेलचक्र्याँई नगरौं भन्ने चिकित्सकहरुको सल्लाह रहेको छ। के गर्ने भन्ने बारे केही बुँदा यस्ता रहेका छन्-

-सफा पानीले हात मुख धुने

-खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने

-पशुजन्य मासु वाअण्डा राम्रोसंग पकाएर खाने

-जंगली वा घरेलु पशुपंछीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने

-फ्लुको लक्षण देखेमा चिकित्सको परामर्श लिने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ