arrow

तालिबानको आक्रमणमा ९ प्रहरी मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ १४ मंगलबार
afghanistan-map-geo.jpg

पुल ए खुम्री। अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ। सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन्।

प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए।

यो घटना तालिबान आतंककारीहरूको समूहले गराएका थिए। त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन्। झडपमा लडाकू समूहका पनि केही  सदस्य हताहत भएको स्रोतले बताएको छ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गर्नु भएको छ। तर पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताउनु भएको छैन। उनले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताएका छन्। सन् २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ