- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।
प्रमुख टेडरस एड्नोम घेब्रियेससले आपतकाल घोषणा गर्नुको पछाडि चीनमा के भइरहेछ भन्नु भन्दा पनि अरु देशमा फैलिएपछि यो निर्णय गर्नुपरेको बताए ।
अहिलेसम्म कोरोना भाइरसबाट कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । डब्ल्यूएचओले चीन बाहेकका १८ देशमा ९८ संक्रमितको घटना बाहिर आएको बताएको छ ।
अहिलेसम्म चीनबाहेकका देशमा मृत्यु भएको खवर भने आएको छैन । अधिकांश संक्रमितहरु चीनबाटै आएका हुन् ।