- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख भट्टले जानकारी दिए ।
शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।