arrow

खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली पुगे कीर्तिपुर

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
Pm-oli-TU-cricket.jpg.jpeg
काठमाडौं । नेपाल र नामिवियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेट कीर्तिपुर मैदानमा सुरु भएको छ । खेलाडीहरुको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर मैदान पुगेका छन् । ओलीले खेलाडीहरुसंग हात मिलाउँदै विजयका लागि शुभकामना दिएका छन् । 
 
प्रधानमन्त्रीले क्रिकेटलाई दिएको महत्वले सरकार नेपाली खेलकुदको विकासका लागि गम्भीर छ भन्ने सन्देश दिएको छ । यसअघि, तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले एक निर्वाचन क्षेत्र एक क्रिकेट मैदानको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । ओली सरकारले त्यसलाई कार्यान्यन गर्ने सकारात्मक संकेत मिलेको सरोकारवालाहरुको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ