arrow

तीन जिल्लाका प्रधानाध्यापकहरुका लागि १० दिने तालिम पाल्पामा

logo
कौरव खत्री,
प्रकाशित २०७६ माघ २४ शुक्रबार
talim_(2).jpg

गुल्मी । शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीको आयोजनामा आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम आज देखि  पाल्पा शुरु भएको छ ।

तालिमको उद्घाटनमा बोल्दै शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमका बारेमा प्रकाश पार्दै प्रधानाध्यापकहरुको तालिम र फलदायी र निकै प्रभावकारी रहेको बताए ।

साथै  तालिम प्रमुख केसीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गदै एउटा विद्यालयको सुधार गर्नका लागि विद्यालयको प्रधानाध्यापकको नेतृत्व र योजना राम्रो भएमा विद्यालयमा दुई तिहाई सुधार हुने बताए ।

गुल्मी,अर्घाखाँची र पाल्पा गरि तीन जिल्लाभित्रका विद्यालयहरुका प्रधानाध्यापक एवं प्रतीनिधिहरुको सहभागिता रहेको छ । तालिम  १० दिन अर्थात आँउदो फागुन  ४ गतेसम्म सञ्चालन हुने तालिम शाखा पाल्पाका प्रमुख नारायण पोखरेलले जानकारी दिए ।

गुल्मी,अर्घाखाँची र पाल्पा गरि तीन जिल्लाका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन अन्तर्गत शिक्षा सम्वन्धि व्यवस्था,विद्यालय क्षेत्र विकास योजना दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमको सहजीकरण गरेका थिए ।  

तालिमको सञ्चालन भने तालिम शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेलले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ