- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिजमा आइतबार नेपालले ओमानसंग खेलिरहेको छ ।
श्रृंखलाको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाल यो खेलमा हारको बदला लिन मैदानमा उत्रिएको छ ।
टियूको मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
यसअघिका दुवै खेलमा नेपालले टस हार्दा वा जित्दा दुवै पटक ब्याटिङ नै गरेको थियो ।
पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलबीच उत्कृष्ट सुरुआत भएको छ । ४८ विकेटको साझेदारी भएको छ ।
उक्त क्रममा खकुरेल ४२ बलमा २२ रन बनाएर आउट भएका छन् ।
१५ औं ओभरमा आउट भएका खकुरेललाई एलबीडब्ल्यु गरिएको हो ।
मल्ललाई पारस खड्काले साथ दिइरहेका छन् । पारस खड्काले सुरुआतदेखि नै आक्रामक खेलेका छन् ।
पहिलो खेल हारे पनि दोस्रो खेलमा शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।
शनिबारको खेलमा कुशल मल्लले डेब्यु नै कीर्तिमान रचेका थिए । रोहितकुमार पौडेलको स्थानमा ब्याटिङ गरेका उनी रोहितकै कान्छो अर्धसतक बनाउने खेलाडीको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए ।
शीर्ष स्थानका टिमलाई हराउन सक्ने हो भने शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्न पाउने नेपालको सम्भावना रहने छ । अमेरिका र ओमान ७ टिम सहभागी प्रतियोगिताको शीर्ष स्थानमा छन् ।
यो खेल जित्दा नेपालले ओमानसंगको लगातार ६ हारको बदलासमेत लिनेछ ।
अविनाश बोहरा बाहिरिँदा कमलसिंह ऐरीले एक दिवसीयमा डेब्यु गरेका छन् ।