arrow

पिकनिकमा गएका शिव शर्मा राप्तीमा डुबे, सशस्त्रका गोताखोरले यसरी निकाले शव

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
apf-gotakhor.jpg

काठमाडौं । शनिबार कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई बाके जिल्लाको अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा बैकका कर्मचारी तथा साथीभाइसँग पिकनिकका लागि गए ।  

पिकनिक खान गएका ३८ बर्षका शर्मा खाना खाएपछि ३ बजे राप्तीमा पौडि खेल्छु भन्दै खोला क्रस गर्दागर्दै बेपत्ता भए । स्थानीयहरुका अनुसार राप्तीमा पिकनिकमा मदिरा पिएसँगै शर्मा पौडि खेल्न जोसिएका थिए । उनी यस्तो राप्ती नदि यसअघि पनि पार गरेको भन्दै अघि बढेका थिए ।  शर्मा मदिरा डिलरका व्यपारी हुन् ।  खोलाको आधा भाग पुगेपछि उनि डुबे । पिकनिकमा गएका साथीभाइ हार गुहार गरेर प्रहरीलाई सम्पर्क गरे ।

घटना भएको ३ घण्टापछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शंसेरगञ्ज बाकेमा खबर पुग्यो । शर्माको उद्दार गर्न सामानसहित गोताखोरको टीली घटनास्थाल तर्फ लाग्यो । साझ ६ बजेतिर पुगेको गोताखोरको टोलीले केहि समय खोजतलास गरेको थियो । तर केहि फेला पारेन । साँझ परेर समय अभावका कारण गोताखोरको टोली फर्कियो । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए।

आइतबार सशस्त्रका गोताखोर राप्ती नदिमा पुन: पसे एरियन सर्च गरेपछि उनीहरुले शर्माको शव भेटाए । आइतबार १०:३० सशस्त्र प्रहरी जवान गोताखोर किरण भण्डारी र अर्का गोताखोर जवान जित बहादुर केसीले शर्मालाई २० फिट गहिराइमा भेटाएका हुन् । २ घण्टा लामो खोजिपछि सशस्त्रका दुई जवानले शर्माको शव भेटाए ।   

राप्तीको पानी संग्लो भएका कारण गहिराइमा पनि शर्मालाई देखिन्थ्यो ।  गोताखोर भण्डारीका अनुसार शर्मा घोप्टो परेको अवस्थामा भेटिएका हुन । उनले भने हामी दुईले राप्तीको २० फिट गहिराइमा पुगेपछि शर्मालाई घोप्टो परेको अवस्थामा भेट्यौ, हातको कुहिनाले नदिको किनार टेकेको थियो, मुख घोप्टो जमिनमा सुतेको भेटियो ।'

दुई गोताखोरले बाहिर निकाल्दा अफान्तहरु रोइकराइ रहेका थिए । गोताखोरहरु आफ्नो काम पुरा गरेर फर्किए ।

शर्मालाई पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पढाइयो । पोष्टमार्टमपछि आफन्तलाई शव बुझाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

सशस्त्रले गर्दै आएको पानीको गहिराइमा गएर उद्धार गरिने यो कार्य निकै जोखिमपूर्ण मानिन्छ ।  नेपालमा अहिले ३५ जना मात्र गोताखोर रहेका छन् । अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीमा गोताखोर छैनन् । सशस्त्रमा मात्र ३५ जना छन् । सातै प्रदेशमा तालीमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप ३५ जनालाई सातै प्रदेशमा बाढिएको छ ।

नेपाल सुरक्षा बेस बाके शंसेरगञ्जमा अहिले ४ जना गोताखोर रहेका छन् । शंसेरगञ्जले ५ नम्बर प्रदेश र ६ नम्बर हेर्दै आएको छ । सातै प्रेदशमा गोताखोर खठाइए पनि प्रदेश ६ मा स्रोतसाधनको अभावका कारण प्रदश पाँचमा रहेका गोताखोरले हेर्दै आएका हुन् ।  यहाँ राप्ती नदि, कर्णाली नदि, भेरी नदि जस्तो नेपालकै ठुला नदिहरु रहेका छन् । 'अण्डर वाटर डाइभिङ' तथा पानी मुनि गरिनुपर्ने उद्दार गर्दै आएको छ ।

 नेपालमा धेरै दुर्घटना भई अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।  यस्ता संवेदनशील विषयप्रति नेपाल सरकारले चासो दिनुपर्ने उत्तिकै जोखिमपूर्ण पनि हुन्छन् । दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ