arrow

केपी शर्मा ओलीको सरकारका दुई वर्ष, संसदबाट बखान 

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
pm-kp-oli-speech1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेको दुई वर्ष पूरा भएको छ । उनले २०७४ फागुन ३ गते सत्ताको बागडोर सम्हाल्ने साचो पाएका थिए । 

उनको तत्कालिन एमालेलाई तत्कालीन माओवादी केन्द्रले साथ दिएपछि स्पष्ट बहुमतको सरकार बनेको थियो । उक्त सरकारलाई समाजवादी पार्टी नेपालले साथ दिएसंगै सरकार दुई तिहाई समर्थनको भएको थियो । 

तर त्यो सरकारले उल्लेख्य काम गर्न सकेन भन्ने चर्को आलोचना छ । यसअघि कुनै पनि कम्युनिष्ट सरकारलाई स्पष्ट बहुमत पनि थिएन र दुई तिहाईको समर्थन पनि थिएन । 

अहिले ओलीबाट त्यही कारणले जनताले धेरै अपेक्षा गरेका थिए । तर विवादमा आउने र विनासका काम गर्ने बाहेक ओली सरकारले केही नगरेको आरोप लागेको छ । 

सत्तारुढ नेकपाभित्रै सरकारको काम कार्वाहीलाई लिएर चर्को आलोचना भइरहेको छ । ओलीकै इतर एमाले पक्षले पनि आलोचना गरिरहेको छ । सत्ता संचालनलाई लिएर प्रचण्ड पक्ष पनि रुष्ट छ । 

जनताले भुठो बोलेको भन्दै आक्रोश पोखिरहेका छन् । 

असन्तुष्टबीच समाजवादी पार्टीले पनि छाडेको छ । तर राष्ट्रिय जनता पार्टी सरकारमा जानका लागि खुट्टा उचालिरहेको छ । 

ओलीले बखान गर्दै 
प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । 

संसद सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा गरेका कामकारवाही र हासिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारले राम्रामात्र काम गरेको बताएको अवस्था ओली पनि त्यही लाइनमा जानेछन् । 

एक कम्युनिष्ट नेताका अनुसार, ‘कम्युनिष्टहरु सत्तामा गएपछि आफू कम्युनिष्ट भएको भुल्छन् र तानाशाही प्रवृत्ति अपनाउन थाल्छन् ।’ 

ओलीले पनि संसदमा राम्रा कामको बखान गर्नेछन् । अनि आलोचना गर्नेहरुको बोलीबाटै मुख थुन्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ