arrow

पानामा पेपर्सको सूचीमा नेपाली परेको चर्चासगै छानबिन गर्न तम्सियो अख्तियार

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
CIAA,-Nepal.JPG.jpeg

काठमाडौ । अख्तियार विश्वमा छुट्टै तरंग ल्याउनेगरी सार्वजनिक भएको पानामा पेपर्सको प्रतिवेदनमा नेपालीको नाम समेत समाबेश भएको भन्ने चर्चा चलिरहेको बेला अख्तियारले समेत सो विषयमा छानविन गर्ने तयारी भईरहेको बताएको छ । नेपालको कानुन अनुसार नेपाली ब्यक्तिले बिदेशी भूमिमा रकम लगेर लगानी गर्न पाउदैन् ।

विश्वका विभिन्न तह र तप्काका व्यक्तित्वहरू समेतलाई मुछेर गत महिना मात्रै पानामा स्थित एउटा वकिलको कार्यालय ‘मोस्याक फोन्सेका’ले सार्वजनिक गरेको प्रतिवेदनमा केही नेपाली व्यक्तिहरू समेत संलग्न रहेको चर्चा चलिरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करले अख्तियारले ‘पब्लिक पोजिसन’मा रहेकाहरूसमेत सो सूचीमा परेको हुनसक्ने भन्दै आफ्नो कार्यक्षेत्र भित्रको लागि आफैंले अनुसन्धान गर्न र त्यस बाहिर समेत अनुसन्धान गर्नको लागि आवश्यक निकायलाई निर्देशन गर्न लागेको बताएका छन ।

मंगलबार विहानै आफ्नो ट्विटर मार्फत् सो विषयमा छलफल गर्नसक्ने अवस्था रहेको व्यहोराको सन्देश पोष्ट गरेका पुस्करले दिउँसो हाम्रा कुरासँग कुराकानी गर्दै पब्लिक पोजिसनका समेत केही व्यक्ति यसमा संलग्न रहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन् । उनले यस विषयमा केही मन्त्रालयलाई आवश्यक निर्देशन दिएर छानविन प्रक्रियालाई अगाडि बढाईरहेको बताए ।

 

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो। आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताए।
 
आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र यो प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ।  उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरुको आर्थिक अवस्था के हो भन्ने बारेमा प्रस्ट रुपमा सार्वजनिक जानकारी भने आउन सकेको छैन । “आयोगले पनि अध्ययन गर्न आवश्यक देखिएको छ,” आयोग प्रवक्ता पुष्करले भन्नुभयो – “यो अहिलेसम्म पूर्ण रुपमा स्पष्ट भइसकेको छैन । तर उक्त मेगा भ्रष्टाचारसँग नेपालको पनि कुनै न कुनै सम्बन्ध जोडिएको हुनसक्छ ।”
 
आयोगले विभिन्न मुलुकमा रहेका कूटनीतिक निकायसँग पनि आवश्यक परामर्श गरिरहेको छ। ‘‘नेपालका केही व्यक्तिको नाम जोडिनुले हामीलाई अध्ययन गर्नैपर्छ भन्ने देखाएको छ,” प्रवक्ता पुष्करले भन्नुभयो – ‘‘हामीले पहिलो चरणको सामान्य अध्ययन सकाएका छौँ। त्यसको विवरणका आधारमा थप अध्ययन हुन्छ ।” सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एवम् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुर्‍याएको आयोगको ठहर छ।
 
विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो। मध्य अमेरिकी राष्ट्र पानामास्थित कानुनी सेवा प्रदायक कम्पनी मोसाक फोन्साकाले विश्वका गैरकानुनी कारोबार एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी दिइएका सेवाका दस्तावेज सार्वजनिक गरेको थियो।
 
गोप्य रुपमा अरूका सम्पत्तिको कर छलीलाई लुकाउन सहयोग गर्ने चौथो ठूलो निकायका रुपमा त्यसलाई हेरिन्छ। त्यस खुलासामा १२ देशका १४२ नेता र तिनका आफन्तले कर तिर्नु नपर्ने स्थानमा सम्पत्ति जम्मा गर्ने गरेको खुलासा गरेको हो। त्यसमा विश्वका ८० देशका पत्रकारले एक करोड १५ लाख दस्तावेजको अध्ययन गरेर नतिजाबाहिर ल्याएका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ