arrow

गाउँका युवाद्धारा नमुना संसदीय अभ्यास

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ फागुन ४ आइतबार
bajang-youth.jpg

बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिकाको नमुना युवा संसद बैठकको सभामुख रेखा सुनार मञ्चमा आएपछि सबै संसदमा उपस्थित उठेर राष्ट्रिय धुन बज्दा संसदीय झलक देखिएको थियो। खप्तड छान्ना गाउँपालिका सात वटै वडाका युवाहरुलदाई छनौट गरेर राष्ट्रपति प्रधानमन्त्री, मन्त्रीहरु, प्रतिपक्ष, सत्तापक्ष लगायत नेपाल सरकारको संसद सञ्चालनमा हुने सबै प्रकृया बिधीहरु पुर्‍याएको थियो।

गाउँपालिकाका नजिकै रहेको ईश्वर प्राबिको प्राङ्गढमा भएको नमुना युवा संसदको बैठक हेर्दा बाहिर उपस्थित अन्य सबै दर्शकहरु युवाहरुले राम्रो अभिनय गरेको भन्दै खुशी थिए। नमुना संसदमा सभामुख रेखा सुनारले शुन्य समय र बिषेस समयको समय दिदै संसदहरुलाई आफ्ना गुनासा जिज्ञासा राख्न लगाएका थिए। गाउँपालिकाको युवा सरकार नाम दिएको यस सदनमा सभामुख सुनारले राम्रो रुलिङ्ग गर्नु भएको थियो। उनले प्रधानमन्त्री संग मौखि प्रश्न उत्तरको समय पनि दिए। नेपाल सरकारको अधिकारिक रुपमा सञ्चालन हुने संघ र प्रदेश सभाको बैठक जस्तै युवाहरुको नमुना संसदको पनि ब्याबस्थापन गरिएको थियो।

नमुना संसदकी सभामुख रेखा सुनारले स्थानीय युवाहरुलाई गाउँपालिकामै रोजगार दिने बिधेयक सदनमा पास गराएका थिए। यस प्रकृयामा पनि संसदबाट कसरी बिधेयक, ऐन नियमहरु पास हुन्छन् भन्ने सन्देश दिएको थियो। साथै बिधेयक माथीका टिका टिप्पणी र सभामुखले यस पक्षमा हुन्छ भन्ने माननियले हुन्छ भन्नु होस र बिपक्षमा हुने माननियहरुले हुदैन् भन्नुहोस भनेर शभामुखले रुलिङ्ग गरि रहदा सच्चीकै युवाहरुले संसद सन्चालन गर्ने मर्यादा बिधि र प्रकृयाको पालना गरेका थिए।

साथै राष्ट्रपति सरिता सिंहले निती तथा बार्षिक कार्यक्रम प्रस्तुत गर्दा उपस्थित सबै दर्षकहरु पनि रुचिका साथ हेरि रहेका थिए। देशको राजनीति परिबर्तनमा युवाहरुको ठूलो योगदान रहेको र भबिष्यमा युवाहरुले नै देशको शासन सत्ता समाल्ने भएकाले राजनीति संस्कार सिक्नका साथै संसदको भुमिका, उनीहरुको नागरिक प्रतिको जिम्मेवारी, संसदीय अभ्यास, ऐन कानुन बनाउने तरिका  अबगत होस भन्ने आसयले नमुना युवा संसद चलाएको सहकर्ता उोश जेठाराले बताए।

गाउँपालिकाको सहयोगमा सन्चालन भएको नमुना युवा संसद बैठकको प्रर्दशनमा उपस्थित भएका गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने संसदीय अभ्यासको हामीलाई पनि त्यती जानकारी हुन सकेको थिएन् तर युवाहरुले केही दिनको प्रशिक्षणबाट राम्रो अभिनय र प्रस्तुत गर्दा हामीलाई पनि केही सिप प्राप्त भएको बताए। नमुना युवा संसद अभ्यासमा ३५ जना जना युवा सांसदहरु सहित ६ वटा मन्त्रालयका मन्त्रीहरु लगायत सभाको राष्ट्रपति, सभामुख सबै युवा माननीयहरु दौरा सुरुवाल कोट र सारीमा सजिएका हुदाँ युवाहरुले आ आफ्नो पदको जिम्मेवारीका साथ प्रस्तुत भएका थिए।

हामीले यस्तो संसदीय अभ्यास कहिले काही टेलिभिजमा र रेडियोमा सुनेका देखेका थियौ नमुना सरकारका युवा प्रधानमन्त्री  कमल रावलले  यस्तो खालको अभ्यासले संसदीय अभ्यासबाट हुने काम कारबाहीका बारेमा जानकारी हुनुका साथै नेता र नेतृत्व गर्ने अभिरुची जागेको बताए। नमुना युवा संसदको समापन पछि सुझाव तथा शुभकामना दिने बक्ताहरुले पनि नमुना युवा संसदबाट स्थानीय सरकारले पनि धेरै पाठ सिक्नु पर्नेमा जोड दिएका थिए।

नमुना युवा संसदीय अभ्यासका लागी स्थानीय श्रृजनशिल युवा समाजको आयोजनामा ५ दिन सम्म तालिम दिईएको थियो। राष्ट्रिय  युवा परिषद जिल्ला युवा समितीको सहजिकरणमा युवाहरु लाई मुलुकको शासन पद्धतीका बारेमा जानकारी गरि कुसल सक्षम नेतृत्वको सिप ज्ञान दिनका लागी स्थानीय तह संगको समन्वयमा यस्ता खालका नमुना संसद अभ्यास सुरु हुन थालेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ