arrow

अनेरास्ववियु विद्यार्थीहरुबीच झडप, पार्टी कार्यालय तोडफोड

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
ncp-flag.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनमा पार्टी कार्यालय तोडफोड भएको छ । पर्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्रका विद्यार्थीहरुबीच झडप हुँदा विवादले उग्र रुप लिएको थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले सोमबार नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

क्रान्तिकारी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् । पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडेका छन् । विद्यार्थीको तोडफोडबाट अध्यक्षको टेबलमा रहेको सिसा फुटेको छ । घटनाले उग्र रुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ