arrow

आर्थिक पारदर्शीता कायम राख्न मोहन्याल गाउँपालिकालाई महालेखाको सुझाव 

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
86738701_474635113425282_68.jpg

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकामा आर्थिक पारदर्शीता कायम राख्न महालेखा परीक्षक कार्यालयले सुझाव दिएको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ३ फलेबिसौनामा महालेखा परीक्षक कार्यालयबाट खटिएको टोलीले गाउँपालिकाका सबै शाखा कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक पारदर्शीता कायम राख्न सुझाव दिएको हो ।

मोहन्याल गाउँपालिका अध्यक्षसहित ७ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, विषयत शाखाका प्रमुखहरु बीच गाउँपालिकाले हालसम्म गरेको लेखापरीक्षण र प्रगति बिबरण सम्बन्धि जानकारी लिएको छ । 

गाउँपालिका अध्यक्ष नवलसिंह रावलको अध्यक्षतामा भएको कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक राजेन्द्रराज ओझा, लेखापरीक्षण अधिकृत यज्ञराज अवस्थी, लेखा अधिकृत भरत भट्टराई, बिश्व बैंकका विदेशी नागरिक फेरेड र अञ्जली थकाली र कार्यालयका अधिकृत दिपक पौडेल लगायत उपस्थिति रहेकोे थियो । 

उनीहरुले अध्ययनपछि छलफल सहभागीलाई आर्थिक कारोबारको नियमितता, मितव्ययिता, प्रभावकारी कार्यसम्पादन, जवाफदेहितामा ध्यान दिन सुझाव दिए । स्थानीय साधनस्रोतको सही सदुपयोग, ऐनकानुनको पालना गर्दै वडा र गाउँपालिकाले अनिवार्य रूपमा वार्षिक सार्बजनिक सुनुवाइ गर्नुपर्ने लगायतको सुझाव दिइएको छ ।

कार्यक्रममा गाउँपालिका नवलसिंह रावलले जिल्लाका १३ वटा स्थानीय तह मध्ये मोहन्याल गाउँपालिका भौगोलिक बनावटका कारण विकट, भुगोल निकै ठुलो भएको र गाउँपालिका अन्तर्गतका ७ वटै वडा चुरेक्षेत्रमा पर्ने भएकोले सडक, खानेपानी, बिजुली, सिँचाइ, प्राविधिक शिक्षा, स्वास्थ र सुरक्षा चाहेअनुसार बिकास गर्न नसकिएको बताए ।

कर्मचारी जनशक्तिको अभावमा समयमा कार्यसम्पादन हुन नसक्दा केही कठिनाइ भइरहेको र एउटा वडामा मात्रै वडासचिव बाहेक अन्य सबै वडाहरु वडासचिवविहीन रहेको उनले जानकारी दिए । 

गाउँपालिकामा अध्यक्ष रावलले कृषि आधुनिकीकरण परियोजना लागू गरि किसानको खेतमा सिचाइ, फलफूल र पशुपालन कार्यक्रम अभियान चलाएको बताए । मोहन्याल गाउँपालिकालाई राज्यले पिछडिएको क्षेत्र घोषणा गर्नुपर्ने, मोहन्यालको बस्ती एकीकृत गरे मात्र बिकास सम्भावना रहेको उनले बताए । कार्यक्रमको संचालक निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैसीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ